sunwal

उद्योगपति चौधरी र नेता कण्डेल सहितको टोलीद्धारा नवलपरासीका बाढि प्रभावित क्षेत्रको निरिक्षण

25

उमेश बि.क
सरावल,असार २०

नेपालका प्रतिष्ठित उद्योगपति एवं कांग्रेस नेता बिनोद चौधरीले आइतबार पश्चिम नवलपरासीको विभिन्न ठाउँको अवलोकन गर्नुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको नेतृत्वमा नेपालका प्रतिष्ठित उद्योगपति बिनोद चौधरीले नवलपरासीको बाढी प्रभावित क्षेत्र तथा जिल्लाका नेतृत्व बर्गसंग भेटघाट तथा छलफल गर्नुभएको हो ।

निरिक्षणको क्रममा सुस्ता गाउँपालिकाको नर्शही १५ न। ठोकर लगायत क्षेत्रको अवलोकन पश्चात् सुर्यपुरा हुँदै भुजहवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हो । प्रतिष्ठित उद्योगपति तथा माननीय चौधरीको स्थलगत अनुगमनले स्थानीयबासि खुशि हुदै समग्र क्षेत्रको समस्या अवगत गराउदै नवलपरासीमा औद्योगिक कोलिडोर निर्माण गरि युवाहरुलाई ब्यवसायिक बनाउनका लागि अपिल गरेका हुन ।

स्थानीयबासिको समस्या बुझ्दै प्रतिष्ठित उद्योगपति चौधरीले सुस्ता र सरावलको समस्या विभिन्न माध्यमबाट सुनेतापनि प्रत्यक्ष अवलोकन गर्ने यो ठुलो अवसर रहेको बताउनु भएको थियो । नेपाली जनताले विकासलाई केन्द्रविन्दुको रुपमा देख्न चाहेको हुदा राजनितिका लागी राजनिति नगरि नेपाली कांग्रेसले विकासको राजनिति गर्ने खालको सन्देश दिनुपर्ने बताउदै आफुले पार्टीलाई राम्रो र सक्षम बनाउनका लागी सक्रिय रुपमा लाग्दै विकासको एजेण्डा बोक्नेलाई सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कण्डेलले नेपालका प्रतिष्ठित उद्योगपति बिनोद चौधरीलाई नवलपरासी क्षेत्रमका युवाहरुको बेरोजगारीकता हटाउनलाई नवलपरासीमा उद्योगहरु सन्चालन गर्नुपर्ने आग्रह गर्नुभएको थियो।

बाढी प्रभावित क्षेत्र तथा जिल्लाका नेतृत्व बर्गसंग भेटघाटका क्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु पौडेल , उपसभापति अनिल कुमार गौड ,प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,जिल्ला समन्वय समिति सदस्य शिव शंकर राय, नेपाली काङ्ग्रेस संगठन विभाग सदस्य मोहन प्रसाद शर्मा ,केन्द्रीय शिक्षा विभाग सदस्य राधेश्याम पाठक, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी , उपाध्यक्ष उत्तमा राय , रामग्राम नगरपालिका उपमेयर रम्भा कुवर, नेपाल महिला संघ जिल्ला सभापति कमला पराजुली ,बर्दघाट सभापति सम्भु श्रेष्ठ , सरावल सभापति बिनोद पाण्डेय लगाएत कांग्रेसका जिल्ला नेतृत्वका पदाधिकारी, पार्टीका क्रियाशिल सदस्य, शुबेच्छुक लगाएत पत्रकारको सहभागिता रहेको थियो ।