Holi asnjal makar GURU

मदन भण्डारी फाउन्डेसन नवलपरासीले ७० औं मदन जयन्ती मनायो ।

66

कृष्ण ढकाल
बर्दघाट,असरा–१४
७० औं मदन जयन्ती को अवसरमा बर्दघाट–१२ बुद्ध मंगलताल परिसरमा मदन स्मरण कार्यक्रम सम्पन्न् भएको छ । मदन भण्डारी फाउन्डेसनका जिल्ला अध्यक्ष थान प्रसाद गैरेको अध्यक्षता र नेकपा एमाले नवलपरासी जिल्ला कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।

मदन भण्डारी फाउन्डेसन नवलपरासीले बुद्ध मंगलताल परिसरमा फलफुलका बिरुवा रोपेर ७० औं मदन जयन्ती मनाएको हो । सो अवसरमा बोल्दै नेकपा एमाले नवलपरासी जिल्ला कमिटी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले जनताको बहुदलिय जनबादका प्रतिबादक तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको दुरगामी सोंचका कारण आज सम्पूर्ण नेपालीहरुले उहांलाई सम्झने गरेको बताउनु भयो । उहांले अहिले मदन भण्डारी भएकोभए पार्टीमा कुनै पनि समस्या सृजना नहुने बताउनु भएको थियो।
त्यसैगरी उहांले मदन भण्डारीले त्यो बेला लिएको सोंच र योजना अहिलेको पुस्तालाई मात्र नभै जिवन्त रहेको र भाविपुस्तालाई समेत स्मरण गर्नलाएक रहेको धारणा राख्नु भएको थियो ।

तत्कालीन नेकपा ९एमाले० का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको विशेष योगदान रहेको छ ।