sunwal

बर्दघाट नगरपालिकाको आ.ब.०७८/०७९ को ८० करोडको वार्षिक बजेट

कोभिड–१९ ब्यवस्थापन,कृषि,पशु र लघु उद्यम,शिक्षा,स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथामिक्ता

36

कृष्ण ढकाल
बर्दघाट,असार–१०
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाको आठौं नगर सभाले आ.ब.०७८/०७९ का लागि ८० करोडको वार्षिक बजेट प्रस्तुत गरेको छ । जस्मा कोभिड–१९ ब्यवस्थापन,कृषि,पशु र लघु उद्यम,शिक्षा,स्वास्थ्य र खानेपानीलाई पहिलो प्राथामिक्ता दिईएको छ ।

आठौं नगर सभामा नगर प्रमुख धिरज शर्मा बस्यालले प्रस्तुत् गर्नु भएको निति तथा कार्यक्रममा नगरका सबै वस्तीहरुमा सडक संजाल विस्तार गर्ने देखि नगरका सबै नागरीकहरुलाई स्वास्थ्य विमामा आवद्ध गर्ने सम्मका योजनाहरु समावेस गरीएको छ ।

त्यसैगरी नगरको गत आर्थिक बर्ष २०७७/०७८ को कुल बजेट १ अर्ब ८३ लाख ८ हजार मध्ये असार ७ गते सम्म ६५ करो ७६ लाख ४ हजार रुपैया मात्र खर्च भएको प्रस्तुत निति तथा कार्यक्रममा समावेस गरीएको छ।

त्यसैगरी नगर उप –प्रमुख माया देवि पौडेलले प्रस्तुत गर्नु भएको आ.ब.०७८÷०७९ को बजेट बक्तब्यमा ८० करोडको वार्षिक बजेट प्रस्तुत् गरीएको थियो । जस्मा आन्तरिक आय तर्फ ९ करोड ९४ लाख ९० हजार ,संधिय सरकार बाट प्राप्त अनुदान ६१ करोड ३३ लाख , र प्रदेश सरकार बाट ८ करोड ७२ लाख १० हजार गरी कुल विनियोजन मध्ये चालु खर्च तर्फ ४५ करोड ७६ लाख २८ हजार रहेको प्रस्तुत बजेटमा उल्ल्ेख गरीएको छ ।

पुजिगत तर्फ ३४ करोड २३ लाख ३२ हजार रहेको छ भने सडक यातायात तथा पुल कल्भर्टमा १७ करोड ७५ लाख , भवन तथा सहरी विकासमा ४ करोड ४५ लाख , खानेपानी तथा सरसफाईमा ५७ लाख ४० हजार , सिचाई मा २३ लाख ८० हजार , कृषि तथा पशुपालनमा ३ करोड ३१ लख , पर्यटन मा ४ करोड ५६ लाख , बिधुत्त तथा बैबल्पिक उर्जा ४२ लाख १६ हजार , सुचना तथा सञ्चार १५ लाख शिक्षा २२ करोड १० लाख स्वास्थ्य तथा पोषण ६ करोड ३३ लाख , वन वातावरण र विपद् व्यवस्थापन ८७ लाख , खेलकुद श्रम तथा रोजगारमा १ करोड ८० लाख विनियोजन गरिएको बजेट ब्यक्तव्य प्रस्तुत गरीएको थियो ।

नगर सभाले बर्दघाट नगरपालिकाको आर्थिक बिधेयक ,विनियोजन बिधेयक , वन व्यवस्थापन सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक , बर्दघाट नगर शिक्षा एैन २०७७ को प्रथम संसोधन को प्रस्तावित बिधेयक र एैन पारित गरे छ।
त्यसैगरी नगर समामा नै कोभिड –१९ को ब्यवस्थापनमा खटीने नगरका ७ जान ब्यीक्तहरुलाई जनहि नगद १० हजार सहित दोसल्ला र प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो ।


यसरी सम्मानीत हुनेमा शर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली,चिसापानी अस्पतालका ल्याप टेक्नीसियन प्रकाश आचार्य,बिष्णु चौधरी र जिवन न्यौपाने नगर प्रहरी पिताम्वर सापकोटा, नगरपालिकाका हलुका सवासी चालक दुर्गा प्रसाद लामिछाने र एम्बुलेन्स चालक सुरज नेपाल लाई सम्मान गरीएको थियो ।