Sarawal sit lahar Notis

नवलपरासी जिल्लाका संभावित बाढीडुवान क्षेत्रहरु

63

कृष्ण ढकाल
बर्दघाट,असार–१
वर्षायाम शुरु भएसंगै पश्पिम नवलपरासी जिल्लाका सातवटै पालिकाहरुका केहि स्थानहरुमा बाढीको डुबानहुने समस्या विगतमा झै यस वर्ष पनि कायम नै रहने संभावना रहेको छ ।
सरावल र पाल्हिन्नदन गाउँपालिकाका केहि स्थानहरुमा त आज परेको सामान्य पानीले पनि डुवान भएको छ।

पश्चिम नवलपरासी जिल्लामा सबै भन्दा बढी सरावल गाउापालिकामा डुबानको समस्या रहेको छ । सरावलको वडा नम्वर ५ को धनगढवा ,वडा नम्वर ६ का १४ वटै टोल र वडा नम्वर ७ को अधिकासं स्थानमा बाढीडुबानको समस्या रहेको सरावल गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बुद्ध प्रकास पौंडेलले बताउनु भएको छ ।

प्रमुख प्रसाशकिय अधिकृत पौंडेलका अनुसार सरावल गाउँपालिकाले यो वर्ष सरावलको ३ वटा स्थानमा टट्बन्धनको काम गरेको छ । तराई मद्येश समृद्धि परियोजना वाट २५ लाखको लागतमा टट्बन्धनको काम भैरहेको पौडेलले बताउनु भएको छ ।
त्यसैगरी जिल्ला विपत ब्यवस्थापन समितिको निर्णय अनुसार पाल्हिनन्दन गाउँपालिका र सरावल गाउँपालिका मिलेर धनेवाखोला र झरही खोलालाई सफाई गर्ने तयारी गरीएको पौडेलले जानकारी दिनु भयो ।

उता बाढीडुबानको संभावना रहेको पाल्हिनन्दन गाउापालिकाको वडा नम्वर १ को शंकरपुर,सुनरी,बड्की सुनरी वडा नम्वर ३ को बेलासपुर,प्रर्सीया,ललीतपुर,झोलनीपुर वडा नम्वर ६ को चनहीर रगरगंज लगाएतका क्ष्ँेत्रहरु बाढीडुबानको जोखिममा रहेको पाल्हिनन्दन गाउापालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )ले बताउनु भएको छ ।

यता रामग्राम नगरपालिकाको वडा नम्वर १ को दक्षिण तीरको वस्ती र वडा नम्वर १६ को अमहवा क्षेत्रको वस्तीमा बाढीडुबानको संभावना रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ । त्यसैगरी भलुहिको १३ नम्वर वडाको झरहीखोला,वडा नम्वर १२ को केहि स्थान र तुरीया,पजरकट्टी लगाएतका स्थानमा कटानको समस्या रहेको बताउनु भएको छ ।

त्यसैगरी बर्दघाट नगरपालिकामा वडा नंं. २ को चिसापानी क्ष्ँेत्र,वडानम्वर ३ को लगुना क्ष्ँेत्र,४ को बाढीपिडित क्ष्ँेत्र,५ को बण्डाखोला क्षेत्र,६ को वेताहानी क्ष्ँेत्र,१० को लण्डनवृज क्ष्ँेत्र ,१३ को धनेवा क्ष्ँेत्र र १५ को तेलाहा,बुटाहा क्षेत्रमा बाढीडुबानको संभावना रहेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ ।

उता सुस्ता गाउँपालिकाको वडा नम्वर १ र २ को बरुवा देखि सिंगाहा लक्ष्मीपुर,महलवारी र वडा नम्वर ५ को नारायणी पारी रहेको सुस्ता वस्तीमा नारायणी नदीवाट बाढीपस्ने संभावना रहेको सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ ।

यता सुनवल नगरपालिकाको वडा नम्वर १ को सुभम नगर,सोमनाथ खोला आसपासक्षेत्र,वडा नम्वर २ को सोमनाथ खोलाको तल्लो टोला आसपासको क्षेत्र ,४ को तुरीया खोला आसपासको क्षेत्र,१० को गैडाखाल र खखरीवारी,हसनापुर लगाएको क्षेत्र १२ को नविनटोला पानभार खोला आसपास र १३ को बडेराखेला आसपास क्षेत्रमा बाढीडुवानको समस्या रहेको सुनवल नगरपालिकाको विपत ब्यवस्थापन समितिका खेमराज अवस्थीले जानकारी दिनु भएको छ ।

त्यसैगरी प्रतापपुर गाउँपालिको वडा नम्वर ३ को ननपुर,वडानम्वर ६ को खेतीयोग्य जमीनक्षेत्र र वडा नम्वर ८ को बालुवा टोल र छड्कीटोला सबै बाढीडुबानको संभावित क्षेत्रकारुपमा रहेको प्रतापपुर गाउपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले बताउनु भएको छ।