sunwal

परासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य शुरु

75

गौरीशंकर जयसवाल

परासी २३ जेठ
पश्चिम नवलपरासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको आज शिलान्यास गरिएको छ । पृथ्बीचन्द्र आस्पतालको मन्दिर पछाडीको जग्गमा पिसीआर मेसीन संचालन गर्नका लागि भवनको शिलान्यास गरिएको हो ।

रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार र पाल्हीनन्दन गाउँपालिका एव पिसिआर मेसीन संचालन समीतीका संयोजक बैजुप्रसाद गुप्ताले संयुक्त रुपमा पिसिआर मेसीन संचालन गर्नको लागि भवनको शिलान्यास गरेका हुन ।

यस अघि आस्पतालले उद्योग बाणिज्य संघको सभाहल कोठामा बनाएर मेसिन संचालनमा ल्याउने तयारी गरेको थियो तर सर्बदलिय बैठक बसेर बैजुप्रासद गुप्तालाई संयोजक बनाएपछि पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य सुरु भएको छ ।

जिल्लामा पिसिआर मेसीन नहुदाँ बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामा पिसिआर मेसीन संचालनमा आएपछि बुटवल भैरहवा जानुपर्ने बाध्यता हट्ने छ । जिल्लामा पिसिआर मेसिन नहुदाँ पनि स्वाब परीक्षण बुटवल भैरहवा पठाउदाँ त्यसको रिर्पोट आउन १० देखी २० दिनसम्म लाग्ने गरेको थियो ।

पिसिआर मेसीन संचालन गर्नका ५ कोठा र पाटेशन सहित भवन निर्माण कार्य सुरु भएको पिसीआर भवन निमार्ण समितीका अध्यक्ष शम्भु प्रसाद उपाध्ययले जानकारी दिए । उनका अनुसार पिसीआर मेसीन संचालन गर्नको लागि भवन निमार्ण गर्ने करिब ३५ लाख रुपैयाँ लाग्ने बताए ।