महेश यादव
सरावल ,१८ जेष्ठ
सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिमा पोखरीको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। सरावल गाउँपालिका वडा नम्बर २ तिलौलिका ८ वर्षीय बिकास राय चौधरीको पोखरिको पानीमा डुबेर सोमबार विहान मृत्यु भएको थियो ।
आफ्नै घरको पश्चिम पट्टी करिव सय मिटर पछाडि रहेको माछा पोखरिको पानीमा सोमबार बिहान १० बजे डुबेका ती बालकको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
यता
रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवामा पिपलको रुखबले च्यापिएर एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनिका ४० वर्षीय सुवान अलि रहेको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ ।
आफ्नै जग्गामा भएको पिपलको रुख काट्ने क्रममा रुखले च्यापिएर सोमबार दिउँसो ३ बजेतिर युवकको मृत्यु भएको थियो ।