sunwal

 निषेधाज्ञामा समेत बैदेशिक रोजगार सम्बन्धि परामर्श प्रदान गरिदै

50

रामु भुसाल

बर्दघाट,जेष्ठ–११

कोभिड १९ को दोस्रो लहर फैलिरहेको अवस्थामा  स्थानिय सरकार को नेतृत्व तथा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले निषेधाज्ञामा समेत नियमित रुपमा बैदेशिक रोजगारी सम्बन्धी जानकारी र बिभिन्न समस्यामा परेकालाई परामर्श दिदै आएको छ ।

परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय नवलपरासी र ईलाका प्रशाशन कार्यालय सेमरी मा रहेको आप्रवासी स्रोत केन्द्रले निषेधाज्ञामा समेत समस्यामा परेका वा सुचना आवस्यक रहेका सेवाग्राहीलाई टेलिफोन मार्फत वैदेशिक रोजगारीका बारे जानकारी दिइरहेको परियोजना संयोजक ज्ञानेश्वर भण्ण्डारीले जानकारी दिनुभयो ।

परियोजनाले विगत ५ बर्षदेखि जिल्ला प्रशासन कार्यालय पश्चिम् नवलपरासी र ईलाका प्रशाशन कार्यालय सेमरी मा   स्रोत केन्द्र राखेर वैदेशिक रोजगारी सम्बन्धी जानकारी र समस्यामा परेकालाई समाधानका लागि सहजीकरण गर्दै आइरहेको छ  ।

कोरोना भाइरसको जोखिम र निषेधाज्ञाका कारण केन्द्रसम्म नागरिकलाई आउजाउ गर्न कठिन रहेकाले परियोजनाका कर्मचारीहरुले टेलिफोन मार्फत नै समस्यामा परेका र जानकारी लिन चाहानेलाई बिभिन्न सुचना, जानकारी र परामर्श दिदै आएको संयोजक भण्डारीले जानकारी दिनुभयो  ।वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजनाले सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न आप्रवासी श्रोतकेन्द्रको स्थापना गरेको हो ।

परियोजनाले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगीएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने, यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वित्तिय साक्षरता कक्षा सञ्चालन गर्ने रबैदेशिक रोजगारकिा कारण समस्यामा परी दैनिक कार्यमा समेत असहज भएका हरुलाई घरमै गई मनोपरामर्श, सल्लाह, सुझाव समेत दिइदै आएको ईन्द्रेणी समाजिक विकास मञ्च का अध्इक्ष बद्रि प्रसाद सुवेदीले बताउनु भयो ।

बैदेशिक रोजगारीको समस्या बाहेक पनि हाल परियोजना अन्त्रगत रहेका मनोसामाजिक परामर्शकर्ताले कोरोना संक्रमितहरुलाई समेत मनोमरामर्श दिदै आएको परियोजना की मनोपरामर्शदाता सुमित्रा चौधरलिे जानकारी दिनुभयो । नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र स्थानिय सरकारको नेतृत्व र हेल्भेटास नेपालको सहयोगमा पश्चिम नवलपरासकिा सुस्ता बाहेकका सबै पालिकाहरुमा यो परियोजना सञ्चालनमा रहेको छ ।