आज हजुरको धेरै यादआयो आमा
हजु्रको यादमा मन भाबुक भयो
सम्झनाले मन उम्लि रह्यो
मनलाई थाम्न खोजे , थाम्न सकिन
आमा म सानो छँदा आफ्ना आचँलले छोपिदिन्थ्यौ
आज फेरि आएर लुकाउनु मलाई
आज मलाई तिम्रो मायाको आचँल याद आयो
आमा आज फेरि तिम्रो याद आयो
तिम्रो हसिँलो मुहार हेर्न आतुर छ यो मन
तिम्रो न्यानो अँगालोमा लुटपुटिएर निदाउन मन छ
तिमीलाई आफ्ना मनका भाव सुनाउन मन छ
किनकी आमा आज फेरि तिम्रो यादले सताएको छ
आज हजु्रको धेरै यादआयो आमा…
आरजु ढकाल