sunwal

विश्व औलो दिवस–२०७८ मनाईयो,सुनवलमा तिन औलोका विरामी फेला

186

कृष्ण ढकाल
बर्दघाट,बैशाख१२

सन् २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा स्थापित गर्ने संकल्पका साथ सरोकारवाला निकाएहरु लागि परेको स्वास्थ्य कार्यालय नवलपरासीद्धारा आयोजित कार्यक्रममा बताईएको छ ।
विश्व औलो दिवस–२०७८ का अवसरमा आयोजित सरोकारवाला र संचारकर्मीसंगको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताईएको हो । सन २०२२ सम्म स्थानिय औलो अन्त्य गर्ने र सन २०२५ सम्म नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा स्थापित गर्ने उद्धेश्य सहित अभियानलाई तिव्रता दिईएको स्वास्थ्य कार्यालय परासीका मलेरिया निरिक्षक देवीलाल पौडेलले बताउनु भएको छ ।
उहांका अनुसार चालु हार्थिक वर्षमा नवलपरासी जिल्लामा तीन जना ब्यीक्तमा मलेरिया (ओैलो)का आयातीत अर्थात भारतवाट आएका बिरामी फेला परेका छन् । ति तिनै जना सुनवल नगरपालिकाको रहेको बताईएको छ ।


सुनवल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालले कार्यक्रममा जानकारी गराए अनुसार सुनवल– ४ बेलारीका दुई जनामा र सुनवल– ७ पाल्पा सिमेन्टमा कार्यरत एक जना मजदुरमा मलेरिया अर्थात औलोको रोग भेटिएको थियो। चालू आ.व.को हालसम्म गरिएको करिव ११ सय कीट परिक्षणको क्रममा उक्त ३ जना भारतवाट आएका ब्यीक्तमा औलोको रोग भेटिएको थियो ।
पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त मेसु डा. मोहम्मद नुरुल होदाले मलेरिया एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग भएको बताउदै सबै सचेत र सजक हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो ।

स्वास्थ्य कार्यालयका निमित्य प्रमुख कृष्ण पोखरेलको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन जनक खनालले गर्नु भएको थियो ।