कृष्ण ढकाल
बर्दघाट,चैत्र–३१
बर्दघाट नगरपालिका वडा नम्वर–१ मा आधारभुत तथा ब्यवसायिक ७ दिने कृषि तालीम सम्पन्न् भएको छ। वडा नम्वर–१ को आयोजनामा भएको उक्त तालीममा वडाभित्रका २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।
चैत्र २५ गतेवाट शुरु भएको आधारभुत तथा ब्यवसायिक ७ दिने कृषि तालीमको चैत्र ३१ गते समापन गरीएको हो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख धिरज शर्माले बर्दघाट नगरपालिकाले नगरका किसानहरुका लागि ५० प्रतिशत लागन अनुदानमा विभिन्न प्रकारका विउजन्य वस्तुहरु वितरण गरेको बताउनु भएको थियो । उहांले अहिले बर्दघाट नगर दुध र अ०डामा मात्र आत्म निर्भर रहेको बताउदै अब क्रमस अन्य वस्तुमा समेत आत्म निर्भर हुनका लागि किसानहरु उत्पादन मुखि हुन जरुरी रहेको बताउनु भयो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै वडा नम्वर ६ का वडाध्यक्ष रोहित थारुले किसानहरुका लागि वडा र नगरपालिको जती सहयोग गरेपनि किसानहरुले उत्पादन नगर्दा सम्म केहि नहुने भएकाले किसानले चाहेमा नगरका धेरैवस्तु उत्पादन गरी नगरलाई आत्मनिर्भर गराउन सकिने बताउनु भएको थियो ।
किसानहरुलाई व्यावसायिक बनाएर आर्थिक सुधारसँगै आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बर्दघाट नगरपालिका वडा नम्वर–१ का वडाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष मोतीलाल सुनारले बताउनु भएको थियो । उहांले किसानहरुको माग अनुसार अहिले आधारभुत तथा ब्यवसायिक ७ दिने कृषि तालीम मात्र राखिएको भएपनि आगामी दिनमा किसानहरुको आवश्यक्ता र उत्पादनको अनुपातका आधारमा किसानहरुलाई सहयोग गर्दै जाने समेत बताउनु भयो । वडाध्यक्ष सुनारले वडानम्वर १ मा किसानहरुले उत्पादन गरेको तरकारीहरु संकलनगरी विक्रि गर्नका लागि कृषि संकलन केन्द्रको आवश्यकता रहेकाले कृषि संकलन केन्द्र स्थापना गर्न नगरपालिकासंग पहल गरीरहेको बताउनु भएको थियो ।
तालिममा मौसमी तथा बेमौसमी तरकारी खेती, तरकारी खेतीका लागी बेर्ना उत्पादन, नर्सरी ब्याड बनाउने तरिका, फाइदा, महत्त्व र प्लास्टिक घर निर्माण, बिरुवा लगाउने तरिका तथा ध्यान दिनुपर्ने कुराहरूका लगाएका विषयमा सिकाइएको थियो।
बर्दघाट नगरपालिका वडा नम्वर १ मा रहेको बालमिकि माविको सभाहलमा भएको उक्त आधारभुत तथा ब्यवसायिक ७ दिने कृषि तालीमको सहजीकरण नर बहादुर खड्काले गर्नु भएको थियो ।
बर्दघाट नगरपालिका वडा नम्वर–१ का वडाध्यक्ष मोतीलाल सुनारको अध्यक्षता र नगर प्रमुख धिरज शर्माको प्रमुख आतिथ्यतामा भएको तालीम समापन कार्यक्रममा वडानम्वर ६ का वडाध्यक्ष रोहित थारु, कार्यपालिका सदस्य बुद्धिमाया सुनार,वडासदस्य बलराम अधिकारी ,प्रशिक्ष्ँक नर बहादुर खड्का लगाएले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रमको संचालन वडा सचिव होमनाथ भण्डारीले गर्नु भएको थियो ।
वडानम्वर १ का किसानहरुलाई स्प्रेटंकि वितरण
बर्दघाट नगरपालिका वडा नम्वर–१ ले आफ्नो वडाका सबै किसानहरुलाई मध्यनजरगरी किसानहरुलाई स्प्रेटंकि वितरण गरेको छ । आधारभुत तथा ब्यवसायिक ७ दिने कृषि तालीम सम्पन्न् का अवसरमा ४ वटा टोलका चार वटा समुहलाई स्प्रेटंकि वितरण गरीएको थियो ।
कार्यक्रममा चारवटा मात्र स्प्रेटंकि वितरण गरीए पनि वडाका प्रत्येक टोलका किसानहरुले सहजरुपमा स्प्रेटंकि प्रयोग गर्न सक्नेगरी १८ वटा स्प्रेटंकि वितरण गर्ने तयारी गरेको वडासदस्य बलराम अधिकारीले बताउनु भएको छ ।
किसानहरुलाई कृषि उत्पादनमा केन्द्रीतगरी वडालाई कृषिजन्य वस्तुमा आत्म निर्भर गर्ने तयारीका साथ स्प्रेटंकि वितरण गर्ने देखि अन्य योजनाहरु समेत ल्याउने तयारीमा रहेको वडाध्यक्ष मोतीलाल सुनारले बताउनु भएको छ ।
अहिले वडानम्वर १ ले आफ्ना वडाका किसानहरुलाई स्प्रेटंकि वितरण गरीरहदा स्प्रेटंकि पाएपछि किसानहरु हर्षित भएका छन् ।