गौरीशंकर जयसवाल
परासी ७ पुष
रामग्राम महिला जेसिजले आयोजना गरेको जेसिज सप्ताह सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । जेसिजले हप्ता भर जनचेतनामुलक र प्रशिक्षणका कार्यक्रम सहित सप्ताहको समापन गरेको हो ।युवा महिला नेतृत्व विकास तालीम बाट सुरु भएको सप्ताह अन्र्तगत रक्तदान, ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम,लागु औषध तथा तनाव व्यवस्थापन तालीम, वृद्धवृद्धालाई खाद्यान्न वितरण र उद्घोषण सम्बन्धी प्रशिक्षण सहित सप्ताहको समापन गरिएको रामग्राम महिला जेसिजकि अध्यक्ष विमला सिंहले जानकारी दिईन । सप्ताह समापन कार्यक्रममा बोल्दै रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले समाज रुपन्तरणमा समाजिक संघ संस्थाले भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए । जेसिज पनि पुरानै ढर्रा बाट परिर्वतन भई सजमा नयाँ कुरा स्थापित गर्न लाग्नुपर्नेमा उनको भनाई थियो । नेतृत्वमा पुग्न मात्र नभई समाजका लागी केहि योगदान गर्न जेसिजकर्मिहरुलाई गुप्ताले सझुाव दिए । र्यक्रममा नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी, उपभोक्ता हित संरक्षण मंञ्चका केन्द्रिय सदस्य रामजि ज्ञवाली, उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, रामनगर जेसिजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, पुर्व अध्यक्षहरु समुनगोपाल आचार्य, मेघराज गौतम, माया अग्रहरी लगाएतले बोलेका थिए । समापन कार्यक्रममा विभिन्न प्रशिक्षण अन्र्तगतको प्रमाण पत्र पनि वितरण गरिएको महासचिव सुमित्रा चौधरीले जानकारी दिईन । उदघोषण तालीम सहित सप्ताहको समापन गरिएको हो । तालीममा दिपक बरालले प्रशिक्षण दिएको कार्यक्रम संयोजक पुष्पा लामाले बताईन ।