कृष्ण ढकाल
बर्दघाट,माघ–२३
नवलपरासीको बर्दघाट नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणिकरण गर्नका लागि शुरु गरेको छ ।
जस अन्र्तगत आज नगरपालिकाले सम्पूर्ण वडासचिव तथा गणकहरुका लागि अभिमुखिकरण तथा अनुशिक्षण कार्य सम्पन्न् गरेको छ।
बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलको अध्यक्षतामा भएको अभिमुखिकरण तथा अनुशिक्षण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्यले कानुनी पक्षको नतिगत कुराहरु र देवदह नगरपालिकाका अधिकृत सुरज बस्यालले गणना फारम भर्ने वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले खोलाको टटिय क्षेत्रका जग्गा,वन क्षेत्रका जग्गा,सरकारी तथा संघ संस्थाहरुले ओगटेका जग्गा, नम्वरीको विचमा रहेका छुट् कित्ता, एैलानी,प्रति,आठ नम्वरी ,राष्ट्रिय आवास कम्पनीले दिएको र मनशोभा आयोगले दिएका जग्गाहरुका वारेमा जिज्ञासा राखेका थिए ।
नायव सुब्बा जमुना सुवेदीको संचालन रहेको कार्यक्रममा योजना शाखा प्रमुख पुस्कर काफ्ले ,अधिकृत पशुपति गैरे, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।