kalika

१३ वर्ष भन्दाकम उमेरका फुटवल खेलाडी छनौटमा बर्दघाटबाट २१ जना छनौट

32

कृष्ण ढकाल
बर्दघाट,माघ–१९
नवलपरासी जिल्ला फुटबल संघको आयोजना र सुर्य ज्योति यूवा क्लब बर्दघाट–२ चिसापानीको ब्यवस्थापनमा आज चिसापानीमा १३ वर्ष भन्दा कम उमेरका फुटवल खेलाडीहरुको छनौट प्रतियोगीता सम्पन्न् भएको छ ।
सुर्य ज्योति यूवा क्लबका अध्यक्ष राम भण्डारीको अध्यक्षता र नवलपरासी जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष घन बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त छनौट प्रतियोगिता समुद्घाटन कार्यक्रम सम्पन्न् भएको हो।


कार्यक्रममा जिल्ला फुटबल संघका महासचिव सुक्बि कुंवर ,क्लवका संरक्षक समितिका सदस्य यम बहादुर थापा, अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक सुबोध जागृत बुढाथोकी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन क्लवका सचिव टेक बहादुर बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन पश्चात भएको छनौट प्रतियोगिताको संचालन भने क्लवका खेलकुद् समितिका कोच टोमन थापाले गर्नु भएको थियो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने मुख्य नाराका साथ आयोजीत १३ वर्ष भन्दा कम उमेरका फुटवल खेलाडी छनौट प्रतियोगीतामा आज २१ जना फुटवल खेलाडीका लागि छनौट भएका छन् ।
आज भएको छनौट प्रतियोगितामा १ सय ५९ सहभागी खेलाडी मध्ये २१ जना प्रर्थम तहको छनौटमा पर्न सफल भएका हुन ।

छनौट हुने यस प्रकार रहेका छन् ।

१. सरघम सुवेदी बर्दघाट २ चिसापानी ६
२. समीर सुनार सुर्यनगर, बर्दघाट
३. सुधम सापकोटा दाउन्ने नवलपुर
४. बिच्छु घर्ति मगर सुर्य नगर बर्दघाट
५. कृश लामा सुर्य नगर बर्दघाट
६. सौगात गुरुङ बर्दघाट २, चिसापानी
७. अनिस अधिकारी सुर्यनगर बर्दघाट
८. अरून गुरुङ बर्दघाट ४ हरियालीनगर
९.खेम बहादुर थापा बर्दघाट ५ बण्डाघोला
१०. अनमोल के सी बर्दघाट ४ नयाबस्ती
११. राजन ठेगा मगर बर्दघाट
१२. आयुष थापा मगर बर्दघाट
१३. रितेष थापा बर्दघाट ४ हरियालीनगर
१४. सुजन जि सी बर्दघाट ५ बण्डाघोला
१६.तेजेन्द्र बहादुर क्षत्री बर्दघाट ४ हरियालीनगर
१७. अदिप गुरुङ बर्दघाट
१८. प्रेम चौधरी बर्दघाट २ चिसापानी
१९. अंकीत बि.क. बर्दघाट
२०. प्रशान्त खनाल
२१. देवा चौधरी बर्दघाट २ चिसापानी