sunwal

सुकुम्बासी र अब्यबस्थीत बसोबासीहरुको ब्यवस्थापनमा जुट्दैछौ ः नगरप्रमुख बस्याल

बर्दघाट नगरपालिका वडा नम्वर ४ स्मृतिनगरमा महिला सामुदायिक भवनको शिलन्यास

111

कृष्ण ढकाल
,बर्दघाट–पुष–९
बर्दघाट नगरपालिका भित्र रहेका करिव ११ सय घर सुकुम्बासी र ५ हजार भन्दा बढी अब्यबस्थीत बसोबासीहरुको लगत आएको बताउदै अब त्यसलाई ब्यवस्थापन गर्ने तर्फ नगरपालिका लागि परेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । त्यसैगरी करिव ३ सय ३० घरहरुलाई खरको छानो मुक्त गर्ने योजनामा नगरपालिका अघि बढेको समेत नगर प्रमुख बस्यालले बताउनु भयो ।

आज बर्दघाट नगरपालिका वडा नम्वर ४ स्मृतिनगरमा महिला सामुदायिक भवनको शिलन्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख वस्यालले सो कुरा बताउनु भएको हो । नगर प्रमुख बस्यालले अहिलेको सुकुम्बासी समस्या समाधानका लागि आयोग समेत गठन भएको र स्थानियपालिकाहरुमा समेत त्यसको तयारी भैरहेको बताउदै अब छिट्टै सुकुम्बासी तथा अब्यबस्थीत बसोबासीहरुको समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रममा स्थानियवासीहरुले राखेका विकास निमार्ण देखि सिप विकास र रोजगार विषयका गुनासाहरुमा नगर प्रमुख वस्यालले सबै क्रमशःसमाधान गर्दै जाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख मायादेवी पौडेलले महिलाहरुका लागि सिप विकासका कार्यक्रमहरु देखि क्षमता तथा नेतृत्व विकासका कार्यक्रमहरु संचालन गर्न सामुदायिक भवन महत्वपूर्ण हुने बताउनु भएको थियो । त्यसैगरी त्यसका लागि आफुले पनि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सामुदायिक महिला भवन निर्माण उपभोक्ता समितिकी अध्यक्ष विजुला खांडको अध्यक्षता र नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यतामा भएको भवन शिलन्यास कार्यक्रममा वडाअध्यक्ष रविन्द्र विक्रम हमालले वडा नम्वर ४ स्मृतिनगरमा रहेका सुकुम्बासीहरुको समस्या हलगर्न र विकास निमार्णका लागि आफु सदैव तत्पर रहेको बताउनु भएको थियो । त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेधनाथ पाध्यले आफुले पहिलो पटक स्मृतिनगरमा आएको बताउदै हरेक समस्याहरु समाधानमा आफु र आफुमाताहतका सबै कर्मचारीहरुले नियमसंगत रुपमा सहयोग गर्ने जनाउनु भएको थियो ।

सामुदायिक महिला भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष भोजराज विकको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा शिव स्मृति टोलविकास संस्थाका अध्यक्ष रमेश ज्ञवाली, विजय एन सी ,लाल कुमारी गौतम,उमाकली पाण्डे लगाएतले स्थानियवासीका समस्या र गर्नुपर्ने कामका वारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराएका थिए ।

बर्दघाट नगरपालिका वडा नम्वर ४ स्मृतिनगरमा शिलन्यास गरीएको महिला सामुदायिक भवन तराई मद्येश समृद्धि कार्यक्रमको २५ लाखको अर्थिक सहयोगमा नगरपालिका मार्फत उक्त सामुदायिक महिला भवन निमार्ण गर्न लागिएको बताईएको छ।