kalika

जन्म दर्ता र विवाह दर्ता गराईदिन आग्रह गर्दा गायक क्ष्ँेत्रीलाई ज्यानमार्ने धम्कीआयो ।

42

कृष्ण ढकाल
बर्दघाट,मंसीर–४
श्रीमानले आफ्नै श्रीमतीको विवाह दर्ता र छोराको जन्म दर्ता नगरेपछि दर्ता गरीदिन आग्रह गर्ने ब्यक्तिलाई ज्यान मार्ने धम्कि आएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल नवलपरासीका अध्यक्ष तथा लोक गायक भरत क्षेत्रीलाई यस्तो ज्यान मार्ने धम्कि आएको हो ।

दशैको केहिदिन पछि छिमेकमा रहेकी भान्जी पर्ने ती महिलालाई लिएर उनको श्रीमान माधब पाण्डेको घर रुपन्देहीको देवदहमा पर्ने सिंगाहामा गएर जन्म दर्ता र विवाह दर्ता गराईदिन आग्रह गर्दै त्यहां पुगेका क्षेत्रीलाई हिजो राती ८ बजेर ५५ मिनेटमा ९८१५४६०४०५ को मोबाईल नम्बरबाट फोन गरेर ज्यान मार्ने धम्कि आएको क्षेत्रीले बताएका छन् । मार्ने धम्कीदिनेमा पाण्डेको काकाभएको बताउने र आफु भैरहवामा रहेको भन्दै ९८१५४६०४०५ को मोबाईल नम्बरबाट फोन गरेकाले तत्काल आफुले प्रहरीलाई खवर गरेको क्षेत्रीले बताएका छन् ।

नवलपरासी सुनवल–१२,भुमहिमा रहेकी भान्जी पर्ने ती महिलाका श्रीमान माधब पाण्डेले जन्म दर्ता र विवाह दर्ता गराईदिन नमानेपछि देवदह प्रहरीमा उजुरी गरेको र प्रहरी कार्यालयमा गएर ५ दिन भित्र आफ्नी श्रीमतिको विवाह दर्ता र छोराको जन्म दर्ता गराईदिने कागत समेत गरेको गायक क्षेत्रीले बताएका छन् ।

अहिले गायकक्षेत्री सुनवल ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिन जानलागेको बताएका छ्न ।