sunwal

संस्थाहरुको कार्यसम्पादन गर्दा अग्रजहरुको सल्लाह लिएर योजनाहरु बनाउन वडाध्यक्ष दर्लामीको आग्रह ।

चिसापानी सामुदायिक वन उपभोक्ता समितिद्धारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न् ।

46

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२९
नवलपरासी जिल्लाको बर्दघाट–२ चिसापानीमा रहेको चिसापानी सामुदायिक वन उपभोक्ता समितिले आज एक कार्यक्रमको आयोजना गरी शुभ दिपावली र छठ् पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न् गरेको छ ।
समितिका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता र बर्दघाट नगरपालिका वडानं.–२ की वडाध्यक्ष तथा चिसापानी सामुदायिक वनको सल्लाहकार परिषद्का सदस्य दया दर्लामीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडानं.–२ की वडाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि दया दर्लामीले समाजका कुनै पनि संस्थाहरुको कामगर्दा समाजमा काम गर्ने सबै अग्रजहरुको सल्लाह लिएर संस्थाका योजनाहरु बनाउन आग्रह गर्नु भएको थियो । साथै उहांले आजकै शुभकामना आदान–प्रदान कार्यक्रमवाट सबैले शुभकार्य गर्ने प्रणगर्न पनि आग्रह गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघका जिल्ला अध्यक्ष कमल परियारले नवलपरासी जिल्लामा ६५ वटा सामुदायिक वन रहेको बताउदै अहिले सबै सामुदायिक वनहरु कुहिरोमा हराएका काग जस्तो भएको बताउनु भयो । उहांले सामुदायिक वनका सवालमा नेपाल सरकारको पछिल्लो निर्णयले सामुदायिक वनहरुलाई कुहिरोमा हराएको काग जस्तो गरी संचालन गर्न बाध्य बनाएको बताउनु भयो ।

त्यसैगरी चिसापानी सामुदायिक वनका सल्लाहकार परिषद्का सदस्य शेर बहादुर आचार्यले तिहार पर्वको महत्व र त्यसको औचित्य माथि प्रकाश पादै तिहारमा जसरी दिप प्रज्वलन गरीन्छ त्यसरी नै सबैले आफ्नो मनमा उल्यालो दिप बाल्न सक्नुहोस भन्दै शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रममा चिसापानी सामुदायिक वनका सल्लाहकार परिषद्का सदस्य गणेश बहादुर क्षेत्री,सुबोध जागृत बुढाथोकी,लेखा समिति संयोजक देवेन्द्र पौडेल सुजित पत्रकार कृष्ण ढकाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नुका साथै शुभकामना समेत प्रदान गरेका थिए ।

चिसापानी सामुदायिक वन उपभोक्ता समितिका सचिव अनिल गुरुङ्गको संचालनमा संचालीत शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै समितिका अध्यक्ष गुरुङ्गले समितिले कहिले महिलाहरुलाई जडीबुटी खेतीमा आवद्ध गराउने देखि माहुरी पालक किसानहरुलाई वनसंग जोडेर उत्पादनमुखि बनाएको बताउनु भयो । अध्यक्ष गुरुङ्गले आफ्नो कार्यकालमा कार्यगत तालमेल नमिलेको र कोभिडले पनि प्रभाव परेको भन्दै आफुले सोंचे जस्तो गर्न नसकेको बताउनु भयो । उहांले अब देखि वनमा वृक्षारोपण गर्न आवश्यक नरहेको बताउदै वनमा उत्पादन भएका विरुवाहरुलाई मात्र संरक्षण गर्न सके त्यो नै बढी उपयोगी रहनेमा जोड दिनु भएको थियो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समितिले कोभिड–१९ का कारण आफ्नो समितिका पदाधिकारी,सल्लाहकार,लेखा समिति ,अनुगमन समिति, कर्मचारी लगाएत आफ्नो समितिका परिवारहरु विचमा मात्र शुभकामना आदान प्रदान कार्य सम्पन्न् गरेको थियो ।