कृष्ण ढकाल
बर्दघाट,असोज–१२
१४ औं विश्व रेबिज बिरुद्धको दिवस आज नवलपरासीको बर्दघाटमा पनि रेबिज बिरुद्ध प्रभातफेरी गरी मनाईएको छ । बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा र पशु पन्छी शाखाले आयोजना गरेको प्रभातफेरीमा बर्दघाट नगरका पशु सेवा प्राविधिकहरु र पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुको समुह बर्दघाट टेक्निकल अर्गनाईजेशनको समेत सहभागिता रहेको थियो ।
समुदायमा रेबिजका वारेमा सन्देश दिनका लागि बर्दघटको चसापानी चोकवाट नगरपालिका सम्म रेबिज बिरुद्ध प्रभातफेरी गरी नगरपालिका परिसरमा आएर कोण सभामा परिणत गरीएको थियो । सो अवसरमा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द परासीका डा। भरत काफ्ले रेबिजबाट बच्ने उपाए र सचेतनाका वारेमा जानकारी दिनु भएको थियो ।
बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालको संचालन रहेको कोण सभामा बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली र बर्दघाट टेक्निकल अर्गनाइजेसनका देवेन्द्र घिमिरेले पनि आ आफ्ना भनाई राख्नु भएको थियो ।
सेप्टेम्वर २८ विश्वभरि ’रेविज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर बर्षेनी मनाइदै आईएको छ । यस वर्षको रेविज दिवसको नारा खोप अनि समन्वयको रहेको थियो ।