Holi care school

प्रतापपुर गाउंपालिकाको सातौं ( विशेष ) गाउंसभावाट ३ वटा विधेयक पारीत ।

74

कृष्ण ढकाल
बर्दघाट,असोज–५
नवलपरासीको प्रतापपुर गाउंपालिकाले आज सातौं ( विशेष ) गाउंसभा २०७७ सम्पन्न् गरेको छ । गाउंपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीको सभाअध्यक्षतामा सम्पन्न् गाउंसभाले ३ वटा विषेश विधेयक पारीत गरेको अध्यक्ष अन्जु कुमारी चौधरीले बताउनु भएको छ । आज भएको विशेष गाउंसभाले प्रतापपुर गाउंपालिकाको प्रशासकिय कार्यविधि नियमितगर्ने सम्वन्धमा बनेको  विधेयक–२०७७,प्रतापपुर गाउंपालिकाको सुशासन विधेयक–२०७७ र प्रतापपुर गाउंपालिकाको विपतजोखिम तथा ब्यवस्थापन विधेयक–२०७७ कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले सभा समक्ष प्रस्तुत् गरेसंगै सर्वसम्वतले पारीत गरेको छ ।
उक्त गाउंसभामा कार्यपालिका सस्दयहरु लगाएत प्रतापपुर गाउंपालिका प्रमुख प्रसासकिय अधिकृत भेषराज खनाल , लेखा अधिकृत लगायतको सहभागिता रहेको थियो ।