kalika

पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिहरुद्धारा कार्यपालिकाको बैठक बस्न माग ।

182

परासी ५ असोज
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उपाध्यक्ष सहितका चार जना वडा अध्यक्षहरु र केहि कार्यपालालिका सदस्यहरुले छुट्टै बैठक बसी बिभिन्न निर्णय गरेका छन । जनप्रतिनिधिहरुको बैठकले गरेका निर्णहरु सोमबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरिएको छ । गाउंपालिका उपाध्यक्ष पाबित्री कोहारको अध्यक्षतामा बसेको बैठकले कुटपीट तथा अभद्र ब्यवहार ,मेड नेपाल सस्थाद्धारा उपलब्ध गराएको राहत ,कोभिड १९ को महामारीको खर्च बिवरण,स्वयसेवक शिक्षक भर्ना ,एम्बुलेन्स खरिद र कर्मचारी भर्ना ,गाउंपालिकाको रेडबुक बितरण ,गाउंपालिकाको नियमीत बैठक लगायतका बिषयमा बैठकले गरेका निर्णय पाल्हीनन्दन गाउंपालिकाका प्रवक्ता संजय कुमार पाठकले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन ।

बैठकले गाउंपालिका अध्यक्षले आफुखुसी कार्य गरेको र कार्य पालिका बैठक समेत नराखी मनोमानी काम गरेकोले वाध्य भएर आफुहरुले बैठक राख्नु परेको वडा नम्वर ५ का अध्यक्ष ओम प्रकार तेलीले बताए । गाउंपालिकामा भएका बिभिन्न अनियमीताका बारेमा छानबिनका लागि आफुहरुले बिभिन्न निकायमाआग्रह गर्दा समेत कुनै सुनवाई नभएपछि आफुहरुले पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वननिक गरेको प्रवक्ता पाठकले वताएका छन । बैठकमा वडा नम्वर १ का अध्यक्ष लल्लन प्रसाद यादब, वडा नम्वर २ का अध्यक्षराम नगिना सिंह , वडा नम्वर ४ का अध्यक्ष संजय कुमार पाठक , वडा नम्वर ५ का अध्यक्षओम प्रकार तेली कार्य पालिका सदस्य कमलेस माली र कार्य पालिका सदस्य इन्द्र हरिजनको उपस्थिति रहेको थिए ।