Holi care school

बर्दघाटमा प्लाज्मा तथा रक्तदान कार्यक्रम सम्पन्न् ।

44

कृष्ण ढकाल
बर्दघाट,भदौ–२३
अहिलेको यो कोभिड–१९ को महामारीका बेलामा आयोजना गरीएको प्लाज्मा तथा रक्तदान कार्यक्रम निक्कै महत्वपूर्ण रहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनु भएको छ । आज लायन्स कल्ब अफ दाउन्ने नवलपरासी , नेपाल नियमित रक्तदाता संघ ,रुपन्देही र लियो कल्ब अफ नवलपरासी दाउन्नेको संयुक्त आयोजनामा बर्दघाटमा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वस्यालले उक्त कुरा बताउनु भएको थियो ।
बर्दघाट नगरपालिकाको सहकार्यमा भएको उक्त प्लाज्मा तथा रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, लायन्सका जोन चियरपर्सन युवराज डुम्रे ,डा.प्रशान्त आचार्य लगायतको उपस्थिती रहेको थियो ।