kalika

बर्दघाटका पत्रकारहरुको स्वाब संकलन ।

11

कृष्ण ढकाल
बर्दघाट,भदौं–१०
नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका संचार गृहहरुमा कार्यरत पत्रकारहरुको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बर्दघाट नगरपालिकाको समन्वयमा नगरमा रहेका संचार गृहहरुवाट एक / जना क्रियाशिल पत्रकारहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने योजना अनुसार आज ६ जना पत्रकारहरुको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको छ ।
बर्दघाट नगरमा पनि कोरोना संक्रमित देखा परेपछि अग्रपंक्तिमा रहेर कामगर्ने पत्रकारहरुको समेत जोखिम बढ्दो अवस्थालाई मध्य नजर गर्दै स्वाब परिक्षण गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले जानकारी दिनु भएको छ ।
फिल्डमा कामगर्दा बढ्दो जोखिमका कारण पत्रकारले समेत मानसिक त्रास बोक्नु पर्ने भएकाले त्यसको अन्त्य र आफ्नो स्वास्थ्यका बारे जानकारी लिन समेत सहज हुने भएकोले बर्दघाट नगरमा रहेका प्रत्येक संचार माध्यामवाट नमुनाका रुपमा एक जना क्रियाशिल पत्रकारको स्वाब परिक्षण गरिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ ।
कोभिड १९ नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउँदै त्यसका लागि सबै संचार माध्यामहरुले सक्दो सहयोग गर्न समेत ज्ञवालीले आग्रह गर्नु भएको थियो । आज मात्र बर्दघाट नगरपालिकामा पत्रकार सहित ६० जनाको स्वाब संकलन गरीएको छ । जस्मा होम क्वारेन्टाईमा रहेका,क्वारेन्टाईनमा रहेका र कन्ट्याकट्रेसिङ्गमा परेकाहरु रहेको ज्ञवालीले बताउनु भएको छ ।