Holi asnjal makar GURU

हजार दिनका आमाहरु बिच अन्तरक्रिया

40

गौरीशंकर जयसवाल
परासी १९ श्रवाण
पश्चिम नवलपरासीमा हजार दिनका आमाहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिश्व स्तानपान दिवसको अवसमा जिल्ला स्वास्थ्यक कार्यालय परासीको समन्वय तथा बेश नेपाल सुआहाराको सहयोगमा हजार दिनका आमाहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा हजार दिनको आमाहरुलाई स्तानपानको महत्व र हरेक बार चार खाना बारे जानकारी गराईएको बेशनेपाल सुअहाराका फिल्ट सुपरभाईजर तिर्थ ढुङ्गनाले बताए । हजार दिनका आमाहरुलाई बिशेष ध्यान दिनुपर्ने पोषण महत्वपूर्ण रहेको ढुङ्गनाले जानकारी दिएका थिए ।
उनले भने हजारको दिनको आमाहरुलाई मुख्यता पोषण युक्त खाना गर्नुपर्ने र सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ । यसले गर्दा हजार दिनका बच्चाहरुको ८० प्रतिशत बुद्धि बिकासमा गर्ने भएकोले पोषणको महत्वपूर्ण रहेको बताईएको थियो ।
सुआहाराले हजार दिनको आमा र आमा समूहहरुलाई परामर्श दिदै आएको र बिशेष गरी हरेक बार चार खाना गेडागुडी पशुजन्य पदार्थ खाना खानुपर्छ भन्दै यी बच्चहरुको बृद्धि बिकास क्षमता बृद्धि गर्ने तिनीहरुलाई परामर्श जानकारी दिदै आएको सुअहाराका फिल्टका सुपरभाईजर तिर्थ ढुङ्गनाले जानकारी दिए । कार्यक्रममा २५ जना हजार दिनको आमाहरुको उपस्थिती रहेको थियो ।