गजल
खुब सतायो आज उनको सम्झनाले
सम्झिँदैमा अश्रुधारा बग्न थाले
हैसियत के हो नबुझ्नेका कुरा हुन्
मै हुँ घोडा भन्नथाले छन् गधाले
प्रीतिका सौगात हुन्छन् भित्र दिलमा
बाहिरी आँखा दगुर्छन् व्यग्रताले
उड्छु भोकै मुक्ति देऊ भन्छ होला
पिन्जडामा बन्द राखेको सुगाले
तालमा ढुङ्गो खसाल्दा छाल उठेझैँ
मन बराल्यो उनका आँखाको कलाले
मिल्छ पक्कै मातको आनन्द बेग्लै
शक्ति देला, भो नठान्नु है सुराले
अौषधी चाहिन्छ निद्राको महलमा
झोपडीमा सुत्दछन् मान्छे मजाले
बहर- रमल मुसद्दस सालिम,
अर्कान-2122. 2122. 2122.
घनश्याम न्याैपाने “परिश्रमी”