Holi care school

बर्दघाट १५ मा खोलाले बगाउदा दुईको मृत्यु

27

मुक्ती तिवारी

बर्दघाट,असार–२६

बर्दघाट नगरपालिका वडा नम्बर १५ मा माछा मार्न जाने क्रममा खोलाले बगाउदा दुई युवक को मृत्यु भएको छ। बर्दघाट १५ र सुस्ता गाउपालिका वडा नम्बर १ को बिचमा रहेको बरुवा घोलमा दिउँसो ११ बजेको समया माछा मार्न जाने क्रममा बाढिले बगाउदा दुबै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दघाट १५ का २० बर्षिय सुधिर बिक र सोही ठाउँ निवासी बर्ष १८ का प्रविन बिक रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलिले २ घन्टाको खोजी कार्य पछि दुबै जनाको शव करिव डेड किलो मिटर पर दक्षिण तर्फ पोटाहा नजिकै बालुवाले पुरिएको अवस्थामा भेटिएको वडासदस्य मनकाजी परियारले बताए। खोलामा डुबिसकेका प्रविण बिकलाई बचाउने क्रममा दुबै जनालाई खोलाले बगाएको स्थानियले बताएका छ्न।मृतक को शवलाई पोस्टमार्टमका लागि परासी लगिएको छ।