Holi asnjal makar GURU

अबैध कपडा प्रहरीद्धारा वरामत ।

88

नवलपरासी,असार–२३
नवलपरासीको सरावल गाउंपालिकावडा नं.–७ गणेशपुरबाट दुई लाख बराबरको कपडा प्रहरीले बरामत गरेको जनाएको छ । अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याऊदै गरेको कपडा प्रहरीले सरावलवाट बरामद गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले सरावलवाट ११ रोल कुर्ता सुरुवालको थान कपडा र एक सय १८ पिस कुर्ता सुरुवाल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ।

प्रहरीलाई देखेपछि तस्करहरु ४ वटा बोरामा भारतबाट टाउकोमा बोकेर ल्याउंदै गरेको सामान छोडेर भागेको बताईएको छ। तस्करहरु फरारभएपछि प्रहरीले बरामद गरिएको कपडा अवाश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको नवलपरासी प्रहरीले जनाएको छ ।