Holi asnjal makar GURU

रामग्राम जेसीजले लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गर्यो ।

35

परासी, १२ असार

रामग्राम जेसीज परासीले आज लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अन्र्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारी आज परासीमा एक कार्यक्रम गरी युवाहरुलाई लागूऔषधको दुव्र्यसनी र कुलतबाट जोगाउन सचेतना कार्यक्रम गरिएको हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै सामाजिक कार्यमा समेत आफूलाई अब्बल सावित गर्न सफल रामग्राम जेसीज परासीको कार्यक्रममा सहभागीहरुले पछिल्लो समय लागुऔषधको दुव्र्यसन बदलिदैँ गएको भन्दै अभिभावकहरुले विशेष निगरानी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । पश्चिम नवलपरासी जिल्ला भारतसँगको खुला सीमाना हुँदा युवाहरु सजिलै लागुऔषध ओसारपसार र दूव्र्यसनमा फस्ने गरेकोले उर्जाशिल उमेर समूहका युवाहरुले उक्त कार्यमा लाग्न नदिन पूर्व सचेतना कार्यक्रम गरिएको रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो । उक्त अवसरमा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्यालले युवाहरुलाई लागुऔषधको दुव्र्यसनबाट जोगाउन रामग्राम जेसीजले महत्वपूर्ण कार्यक्रम गरेको बताउनुभयो । यसको नियन्त्रणका लागि आफूले पनि यस क्षेत्रमा केही गर्ने योजना बनाएको बताउनुभयो ।  रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता तथा संस्थापक अध्यक्ष श्याम बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय, रामग्राम जेसीजका पूर्व अध्यक्ष मुक्तिप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा आस्था समूहका कार्यक्रम संयोजक चेतनारायण भण्डारीले लागुऔषध दुव्र्यसनीको जिल्ला र देशको अवस्था तथा नियन्त्रणको उपायको बारेमा सहजीकरण गर्नुभएको थियो भने निर्भाना संस्थापन समूह पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक ध्यानेन्द्रमणि तुलाधरले विगतमा आफू दुव्र्यसनीमा पर्दाका क्षणहरु र त्यसबाट मुक्त भएपछिको अवस्थाबारे अनुभव आदानप्रदान गर्दै लागुऔषधको दुव्र्यसनबाट हुने असरका विषयमा सहजीकरण गर्नुभएको थियो ।

रामग्राम जेसीजका महासचिव चन्द्रमणि चौधरीको सञ्चालन, कार्यक्रम संयोजक मोहन पौडेलको स्वागत तथा उपाध्यक्ष सुनिता अग्रहरीको आस्था पाठमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।