कृष्ण ढकाल
बर्दघाट,असार–११
बर्दघाट नगरपालिकाले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा रहेका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भैरहवामा रहेको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणका क्रममा बर्दघाटका तिन जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । बर्दघाट नगरपालिका वडा नम्बर ९ ले स्थापना गरेको अस्थाई क्वारेन्टाईनमा बस्दै आएका एक जना १४ वर्षीय बालक र अर्का २५ वर्षिय युवाको कोरोना रिपोट पोजेटिभ आएको छ भने अर्का वडा नम्बर १ का ४६ वर्षिय पुरुषमा पनि कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ। उनिहरुको गत जेठ ३२ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागी पठाईएकोमा ११ औ दिनमा रिपोर्ट पोजेटिभ आएको हो ।
