sunwal

रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या

बेहोस भए सामूहिक हत्याकाण्डका आरोपित

75

रुपन्देही,जेष्ठ–२७

रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । कान्छीबजारको मैनहवास्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानी प्रदीप थापाले जानकारी दिनुभएको छ । स्थानीय कृष्ण पुनको भैंंसी फर्ममा कामगर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरेको थापाले जानकारी दिनुभयो । अहिले विहान विभत्स दृश्य देखेपछि प्रहरी चौकीलाई खबर गरिएको र प्रहरी घटनास्थलतर्फ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर केसीले ५ जनाको हत्या भएको जानकारी गराउनु भएको छ ।

बेहोस भए सामूहिक हत्याकाण्डका आरोपित

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएका हुन् । उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए । उनका अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ । घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । आरोपित सिजापती सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ । हालसम्म प्राप्त जानकारी अनुसार सिजापतिसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिजापति लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।   @अनलाईनखवर