Sarawal sit lahar Notis

सरावलमा कोभिड विशेष कृषि कार्यक्रम लागु

97

मोहन पौडेल
२६ जेठ, परासी

कोरोना भाइरसका कारण नेपाल फर्कने युवालाई लक्षित गर्दै प्रदेश नं. ५ सरकारले शुरु गरेको कोभिड विशेष कृषि कार्यक्रम पश्चिम नवलपरासीको सरावल गाउ“पालिकाले लागु गरेको छ । उक्त कार्यक्रमका लागी २२ लाख बजेट प्राप्त भएको गाउ“पालिकाले जनाएको छ । कोभिड विशेष कृषि कार्यक्रमबाट गाउ“पालिका भित्रका १ सय जना कृषक लाभावन्ति हुने प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । यस सम्बन्धी सुचना प्रकाशित भईसकेकोेले १५ दिन भित्र सम्पर्क गर्न गाउ“पालिकाले अनुरोध गरेको छ। सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्केकाहरुलाई व्यावसायिक कृषि खेतीका लागी प्रोत्साहन गर्ने, व्यावसायिक कृषि खेतीका लागी मल, विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने जस्ता कार्य गर्ने भएको छ । त्यसैगरी कोभिड विशेष कृषि कार्यक्रमको लागी प्रति किसान २० हजारका दरले सहयोग गरिने अधिकृत पौडेलले बताउनुभयो । कोभिड विशेष कृषि कार्यक्रम अन्र्तगत तरकारी खेती, माहुरीपालन र च्याउखेतीमा अनुदान लिनका लागी निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र वा विदेशबाट फर्केको भए प्रमाणपत्रको फोटोकपी, प्रस्ताव ढा“चा, सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने छ । विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरु लाई लक्ष्ति गरी कृषि विकास प्रोत्साहन कार्यक्रम शुरु गरिएको गाउ“पालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।