kalika

अनेरास्ववियू नवलपरासीद्धारा स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र ।

20

फूलकुमारी ढकाल
जेष्ठ–१८
कोभिट भाईरसको न्यूनिकरण नहुदा सम्म संस्थागत तथा सामुदायिक विल्द्यालयहरु शुचारु गर्न नहुने भन्दै अनेरास्ववियू नवलपरासीले स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियू नवलपरासीका जिल्ला संयोजक शुसान्त घिमिरे र सह संयोजक विशाल गिरीले संयुक्त रुपमा हस्ताक्षरगरी ७ बुधें सुझाव सहित स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । नवलपरासी जिल्लाका सातवटै स्थानिय तहहरुलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अन्र्तगत आज रामग्राम नगरपालिका ,पाल्हिनन्दन गाउंपालिका र शिक्षा विकास तथा समन्वय ईकाइलाई समेत बुझाईएको अनेरास्ववियू नवलपरासीका जिल्ला संयोजक शुसान्त घिमिरेले जानकारी दिनु भएको छ । त्यसैगरी भोली वाकी रहेका पांचवटा स्थानिय तहहरुमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको सह संयोजक विशाल गिरीले जानकारी गराउनु भएको छ ।