Sarawal sit lahar Notis

क्याम्पस प्रमुख क्वारेन्टाईनमै बसेका छन्, भ्रम सिर्जना गरी चरित्र हत्या गर्न खोजियो ।

98

नवलपरासी , जेठ ४

क्याम्पस प्रमुखको विषयमा भ्रमात्मक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्न खोजिएको भन्दै त्रिभुनव क्याम्पस बेलाटारीले आपत्ति जनाएको छ ।  भारतबाट आएर क्याम्पस प्रमुख क्वारेन्टाईनमा बस्न नमानेको भन्दै भ्रम सिर्जना गर्ने समाचार प्रकाशन गरिएको भन्दै क्याम्पस सञ्चालक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।   क्याम्पस विदा रहेका कारण लकडाउन अघि नै भारत गएका क्याम्पस प्रमुख मनोजधर दुवेदी हालै क्याम्पसको प्रशासनिक कामको लागि फिर्ता आएर प्रतापपुर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाई हाता भित्र क्याम्पसको प्रशासनिक भवनमा सेल्फ क्वारेन्टाईनमा बसिरहेको सञ्चालक समिति अध्यक्ष नितेश गुप्ताले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।  तर सञ्चार माध्यममा क्याम्पस प्रमुख क्वारेन्टाईनमा बस्न नमानेको भनेर चरित्र हत्या गर्न खोजिएको भन्दै अध्यक्ष गुप्ताले असन्तुष्टि जनाउनुभयो । कसैले व्यक्तिगत रिसीबी साँधेर अनर्गल प्रचार गरिएको भन्दै क्याम्पसले आपत्ति जनाएको हो । क्याम्पस प्रमुख दुवेदी गाउँपालिकाले बनाएको क्वारेन्टाईनमै कसैको सम्र्पकमा नरहने गरी सेल्फ क्वारेन्टाईनमा बसिरहेकोले भ्रममा नपर्न क्याम्पस सञ्चालक समितिले सवैमा अनुरोध गरेको छ ।