sunwal

भिजन देबदहद्धारा नगर प्रमुखलाई ५ बुदे ज्ञापन पत्र पेश ।

29

देवदह,जेष्ठ–२
नवगठित संस्था “भिजन देबदह “ले देबदह नगरपालिका समक्ष ५ बुदे ज्ञापन पत्र पेश गरेको छ । सन्देश ढुँगानाको नेत्रित्वमा नगरपालिका गएको टोलीले आजको समस्या र भोलीको जटिल अवस्थाको पहिचान गरि उत्पन्न हुन सक्ने समस्याको बारेमा सचेत रहनका निम्ती नगर प्रमुख हिरा बहादुर खत्रीलाई ५ बुदे ज्ञापन पत्र पेश गरेको हो । ज्ञापन पत्रमा नगरका सर्वसाधारणको जनजीवन सहज बनाउन र देवदह वासीलाई सुरक्षित राख्नका निम्ती आग्रह गरीएको छ ।

यस्ता छन् माग 

१. लकडाउनका कारण दिर्घ रोगी वा निरन्तर औषधि सेवन गर्ने विरामीलाई औषधिको उपलब्धतामा समस्या भएको हुँदा तत्काल यसको उचित व्यवस्था गर्न माग गर्दछौँ ।
२. देवदह नगरपालिका भित्र प्रवेश गर्ने नाकाहरु प्रशस्त भएको र धेरै मानिसहरु देवदह हुँदै बाहिर जाने हुँदा नाकाहरुमाउच्च सुरक्षा सतर्कता अपनाउन र सम्भव भएसम्म “हेल्प डेस्क” राख्न माग गर्दछौं ।
३. कोभिड ९१९ का कारण आम सर्वसाधारण मानसिक रुपमा आतंकित भएको र बिभिन्न किसिमका घटना घट्ने सम्भावना रहेको हुँदा मानशिक स्वास्थ्य समबन्धी जनचेतना फैलाउने कार्यक्रम संचालन गर्न माग गर्दछौं ।
४. कोभिड ९१९ को त्रासले सामान्य किसिमका विरामी जस्तै रुधाखोकी सामान्य ज्वोरो रोगका वीरामीले उपचार नपाएको हुँदा निजि तथा सरकारी स्वास्थ्यकर्मीको कोभिड बिमा वा अन्य किसिमका सुरक्षा सतर्कता अपनाई स्वास्थ्य सेवालाई सहज गराउने वातावरण निर्माण गर्न मागगर्दछौं ।
५. लकडाउनको समयमा बजार अव्यवस्थीत रुपमा सञ्चालन भएको र जसले गर्दा भिडभाडलाई प्रोत्साहन गरी संक्रमणको जोखिम उच्च रहेको हुँदा बजारलाई यथाशिघ्र व्यवस्थापन गर्न र लकडाउन पालना गराई सम्पूर्ण देवदहवासीलाई सुरक्षित राख्न माग गर्दछौ ।

माथी उल्लेखित मागहरुलाई यथाशिघ्र पुरा गर्न अनुरोध गर्दै देवदह नगरपालिकालाई माथीका मागहरुको व्यवस्थापन गर्न हामी जस्ता युवाको आवस्यकता महशुस भएमा हामी स्वयम् सेवकको भुमीका निर्वाह गर्न तयार रहेको कुरा पनि जानकारी गराउदछौं ।