Holi care school

प्रतापपुरका कोरोना संक्रमित दिल्लीबाट आएका थिए ।

27

सहबान अन्सारी
प्रतापपुर,बैशाख–३१
नवलपरासीमा एकजना युवामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पोजेटिभ देखिएका नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ५ बैदौलीका ३६ बर्षिय युवा भारतको दिल्लीवाट आएको उनको पारीवारीक स्रोतले जनाएको छ । करिब ६ महिना पहिला रोजगारीको सिलसिलामा भारतको दिल्ली गएको र भारतमा लकडाउन खुकुलो भएपछि करिब ४ दिन पहिला नवलपरासी जिल्लाको बसहिया नाकाबाट बिहान करिब ५ बजेको समयमा सिमामा तैनात सुरक्षाकर्मीहरुको आँखा छलेर उनी लुकीछिपी नेपाल प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेपछि केही स्थानियहरुले प्रहरीलाई खबर गरी गाँउ नजिकैबाट क्वारेन्टाईन पठाईएको परिवार स्रोतले जनाएको छ । आज साँझ उनको कोरोना भाईरस परिक्षण रिपोर्ट पोजटिभ आएपनि उनलाई आज नै विषेश निगरानिका साथ छुट्टैनै राखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।