लकडाउनमा धेरै विद्यार्थीहरु मानसिक रुपमा विचलित हुन सक्दछन् ः बलिराम गुप्ता
लेखक ः बलिराम गुप्ता,प्रतापपुर
लकडाउनमा विद्यार्थीहरु तथा अभिभावकहरुले आफ्ना बालबच्चाहरुको लागि के गर्ने?
लकडाउन अहिले दिमागमा बारम्बार आईरहने शब्द हो । तर यो बारम्बार आउने घटना होइन् । त्यसकारण हामीहरुले पल पलको समयको सदुपयोग गर्नुपर्दछ । समय त्यो हो जसले यसलाई चिन्न सक्यो भने ऊ महान बन्न सक्छ नत्र भने वयक्ति यथास्थितिमा बस्नुपर्दछ । लक्ष्मी प्रसाद देवकोटाले भनेका छन “उद्घेश्य के लिनु उडी छुनु चन्द्र एक” । आर्थात उद्वेश्य महान लिनुपर्दछ । हो त्यही महान उद्वेश्य पुरा गर्नको लागि समयको सदुपयोग गर्नु आवश्यक छ । समयको व्यवस्थापनबारे हामीले टेसला कार कम्पनीको मालिक इलोन मस्क बाट सिक्न सक्दछौ ।
लकडाउनमा धेरै विद्यार्थीहरु मानसिक रुपमा विचलित हुन सक्दछन् के गर्ने ?,कसरी समय व्यवस्थापन गर्ने ? के कस्ता किताबहरु पढने भनेर । हो केही गरिएन भने लकडाउन विद्यार्थीहरुको लागि घातक हुन सक्छ ।
सिकाईको लागि घर पहिलो पाठशाला हो ।तसर्थ घरमा विद्यार्थीहरुले बिना कामको बस्ने होइन । स्नातकोत्तर,स्नातक र कक्षा १० को केहि शिक्षण संस्थाहरुले अनलाइन कक्षा संचालन गरेको देखिन्छ तर प्रभावकारी भएको देखिदैन ।लकडाउनको समय लाई विभिन्न क्रियाकलापहरु गरेर समय बिताउन सक्छौ । स्नातक वा उच्च शिक्षा अध्ययनकर्ताले समयको सदुपयोग कसरी गर्ने ? स्नातक वा उच्च शिक्षा अध्ययनकर्ताहरुले आफु पढिरहेको पाठ्यपुस्तकहरु गहिरिएर अध्ययन गर्ने ,परीक्षामा कस्तो प्रश्नहरु आउँदछन त्यसलाई राम्रो संग अध्ययन गर्ने ,ग्रिड हेर्ने र साथसाथै स्नातक र उच्च शिक्षामा प्रश्नहरु अगं्रेजीमा आउने हुनाले अंग्रेजीको शब्दार्थहरु बढी भन्दा बढी याद गर्ने । आगामी दिनहरुमा रोजगारीको सुअवसरको लागि विभिन्न किसिमका सिपहरुको आवश्यकता पर्न सक्छ जस्तै कम्प्युटर सम्बन्धी सिप ,अगें्रजी बोल्ने सम्बन्धी सिप,भाषिक सिप जस्ता सिपहरु को बिकास गर्ने ।लकडाउन पश्चात पुरै विश्व डिजिटल र प्रविधि मैत्री विश्व हुन सक्छ त्यसकारण प्रविधिमा ज्ञानको दायरा फराकिलो पार्ने ।ज्ञानले नै इज्जत , पद, प्रतिष्ठा र धन आर्जन गर्न सकिन्छ, त्यसकारण विभिन्न किसिमका विचारोत्तेजक पुस्तकहरु जस्तै “जित तपाईको,एक्काइसौ शदाब्दी,वार र पिस,सोच्नुहोस र धनी बन्नुहोस,ड्रिम फ्रम माई फादर,रिच ड्याड पुअर ड्याड, सामान्य ज्ञान” जस्ता पुस्तकहरु पढेर मस्तिष्कलाई नयाँ उर्जा प्रदान गर्ने र ज्ञान बढाउने । भनिन्छ स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बिकाश हुन्छ ।त्यसैले शरीरलाई स्वस्थ राख्नको लागि नियमित व्यायामहरु गर्ने ।कृषिकार्य पनि गर्न सकिन्छ ।त्यसतै आज र भोलिको युग सम्बन्ध ,सहकार्य र विश्वव्यापी सहकार्यको युग हो त्यसैले साथीभाईहरुको सञ्जाल बनाउने , इत्यादि कार्यहरु गरेर समयको सदुपयोग गर्न सकिन्छ ।
अहिले बिशेष गरेर बिद्यार्थी भाइबहिनीहरुले कयौ घन्टा प्रत्येक दिन समाजिक सञ्जाल (फेसबुक,टुइटर)हरु चलाएर व्यतित गर्दछन त्यसको साटोमा शिक्षा दिने र ज्ञानबद्र्धक फिल्महरु हेर्ने र सुचनाहरुको वा जानकारीहरुको लागि मात्र समाजिक सञ्जालहरुको प्रयोग गर्ने ।अहिलेको परिवेश प्रतिस्पर्धाको समय हो त्यसैले सुचनाहरुको पनि सँग्रह गर्नु अति नै आवश्यक हुन्छ ।
विद्यालय तहको बालबालिकारुले के–के गर्ने ? भनिन्छ माटोको मुर्ति बनाएर सुकाइसकेपछि त्यसलाई अर्को मुर्ति बनाउन सकिन्न , हो त्यहि आधार लागु हुन्छ विद्यालय तहको बालबालिकाहरुमा ।बिद्यालय तहको बालबालिकाहरुको उमेर आधीँ र बेहरी को उमेर हो । यो उमेरमा बालबालिकाहरु बिग्रेपछि सुर्धन गाह्रो हुन्छ ,त्यसैले राम्रो मुर्ति बन्नु आवश्यक हुन्छ ।कोरोनाको विषम परिस्थिति भएकोले कक्षा १०,११ र १२ को परीक्षा रोकिएको कुरा सबैलाई सर्वविदितै छ । सरकारको भनाई अनुसार कोरोनो को अवस्था सामान्य भएपछि परीक्षा हुनेछ ।ती अध्ययनरत बालबलिकाहरुले परीक्षा सम्बन्धी जानकारी लिईरहने । त्यस्ता बालबलिकाहरुले पढेका कुराहरुको पुनरावृति गरिरहदाँ नै राम्रो हुन्छ । साथसाथै त्यस्ता बालबालिकाहरुले परीक्षा सम्बन्धी मानसिक तनाव नलिदा नै राम्रो हुन्छ ।र आफ्नो घरायसी कामहरुमा दैनिक गरिरहने र घरमा सघाईरहने ।कहिलेकाही शिक्षासँग सम्बन्धित फिल्महरु हेर्दा राम्रो नै हुन्छ ।त्यसैगरी प्रविधिहरुको विषयमा जानकारीहरु राख्ने, सिक्ने । यो समय भनेको भर्ना पश्चात अध्ययन गर्ने समय हो ।तर अहिले केही विद्यालयहरुमा परीक्षाफल प्रकाशित भएको छ र अरु विद्यालयहरुमा हुने क्रममा छ । कोरोनाको विषम परिस्थितिले पढाई हुन सकेको छैन । यस्तो अवस्थामा कक्षा १० को विभिन्न विषयहरुको नेपाल टेलिभिजन, युवट्युबमा राखिएको र पढाई भईरहेको छ , त्यस्ता साधनहरुको पुर्णरुपमा सहयोग लिने । परीक्षाफल प्रकाशित भएको र पास वा फेलको जानकारी भए पश्चात नियमित रुपमा विद्यार्थीहरुले मोबाइल बाट केही हद सम्म सिक्न सकिन्छ , त्यसको पुर्ण रुपमा फाइदा लिने । अंग्रजीको शव्दार्थहरु बढी भन्दा बढी याद गर्ने । अँगे्रजी र नेपालीमा निबन्धहरु लेख्ने कार्यहरु ६ देखि १० सम्मका विद्यार्थीहरुले गर्दा राम्रो हुन्छ ।त्यसतै बुवा ,आमा वा छिमेकीको सहायताले अरु पनि विषयहरुको अध्ययन गर्न सकिन्छ ।
अध्ययनले मात्रै जिवन पुर्ण हुदैन ,स्वस्थ हुनको लागि शारीरिक व्यायामहरु गर्नु जरुरी हुन्छ । विद्यालय उमेरमा शारीरिक,मानसिक ,सामाजिक र संवेगात्मक को पनि बिकाश भईरहेको हुन्छ । त्यसैले त्यसता पक्षहरुमा पनि ध्यान दिनु अपरिहार्य हुन्छ । अहिले लकडाउनको समयमा समाजिक क्रियाकलापहरु माथि केही हद सम्म बिराम लागेको छ । यस्तो अवस्थामा परिवार संग मिलेर बस्ने ,विभिन्न बिषयहरुमा छलफल गर्ने ,बुवा आमाको अनुभवहरुको जानकारी लिने,बुवा र आमाको सर्घषको कथाहरुमा जानकारी लिने र सिक्ने जस्ता कार्यहरु गर्दा हितकारी हुन्छ ।
त्यस्तै अभिभावकहरु पनि आफ्ना बालबालिकाहरु प्रति चासो राख्ने गर्नु पर्दछ नत्रभने बालबालिकाहरु घरमा बस्दा मानसिक रुपमा विच्छिप्त हुन सक्दछन् ।सरसफाईमा पनि बालबालिकाहरुको अभिभावकहरुले आफ्नो बालबालिका प्रति ध्यान दिनु धेरै आवश्यक हुन्छ । त्यसै गरी कक्षा बालबिकास देखि ५ सम्म बालबालिकाहरु लाई अभिभावकहरुले यो विषम परिस्थितिमा बढी जिम्मेवारी बोध गर्नु आवश्यक छ ।यस्ता वालबालिकाहरु लार्ई अभिभावकहरुले सरसफाई मा विशेष ध्यान दिनुपर्दछ । त्यसै गरी
अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाइ घरमै आलु,ढुगां इत्यादीहरुको प्रयोग गरी जोड ,घटाउ गुणन सजिलै तरिकाले सिकाउन सकिन्छ । त्यसै गरी अंगे्रजी वा नेपालीका शब्दहरु उच्चारण र प्रयोगहरु सिकाउन सकिन्छ ।यस्ता बाल बच्चाहरुलाई पिट्ने ,झगडा गर्ने र रुने जस्ता कार्यहरु बाट बचाउँनुपर्छ नत्रभने बालबालिकाहरु झँगडालु र पछि गएर भनेको कुरा नमान्न सक्दछन ।
अन्तयमा, बालबालिकाहरुको लागि घर अभिशाप होइन बरु आधारशिला बनोस । लकडाउन पश्चात बालबालिकाहरु नयाँ जोश ,जाँगर र उमगंको साथ घरबाट निस्कुन र देशमा सक्षम र स्वस्थ जनशक्तिको बिकाश होस । उल्लेखित कुराहरु अपनाएमा पक्कैै पनि एउटा आयाम थप्न सकिन्छ ।
लेखक ः बलिराम गुप्ता,प्रतापपुर