Sarawal sit lahar Notis

रुपन्देहीको कोटियामाई गाउपालिकाका एक युवालाइ कोरोना भाइरस सक्रमित भएको भेटियो ।

34

रुपन्देही,बैशाख–१९
रुपन्देहीको कोटियामाई गाउपालिकाका २५ बर्षका एक युवालाइ कोरोना भाइरस सक्रमित भएको भेटिएको छ । उनी भारतबाट बैशाख ५ गते लुकिछिपी साईकलमा आएको बताईएको छ । ती युवालाई स्थानीयहरुले जबरजस्ती गरेर गाउँमै क्वारेन्टाइनमा पठाएका थिए । त्यहाँ आरडीटी परीक्षणमा उनको पोजेटिभ देखिएको हो । त्यसपछि पीसीआर परीक्षणगर्दा पनि पोजेटिभ देखिए पछि उनलाई अहिले विषेश निगरानीका साथ उनको उपचार गरीएको छ ।