Sarawal sit lahar Notis

बर्दघाट १२ भटौलियाका स्थानिय युवाहरु सक्रिय,७ किलो सुर्ती सहित भारतिय मोटरसाईकिल बरामतगरी प्रहरीको जिम्मा लगाईयो ।

37

फूलकुमारी ढकाल
बर्दघाट ५ बैशाख
बर्दघाट कार्यपालिकाले आफ्नो नगरक्षेत्रको दीक्षणी क्षेत्रका सबै नाकाहरु पूर्ण रुपले बन्द गर्ने निर्णय गरेपनि कार्यान्वयनको पाटोमा भने समस्या देखिएको छ । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागि आफ्नो क्षेत्रमा भारतीय क्षेत्रवाट नेपाल आउने र घरवाहिर हिडडुल गर्नेहरुलाई निगरानी गर्ने देखि लक डाउनको मौका छोपेर रातीको समयमा कालो बजारी गर्नेहरुलाई निगरानी गर्न बर्दघाट १२ भटौलियाका स्थानिय युवाहरु संगठीत भएर लागि परेका छन् । उनीहरुले गरेको निगरानीमा भारतिय नम्बर प्लेट यु पि ५६ जे ८८७९ को मोटर साईकलमा सुर्ती र सुखेको खुर्सानी ओसार पसार गरिरहेको अवस्थामा ३२ बर्सिय मोन्टु तेलि रंगेहात फेला परेका छन् । उनलाई शुक्रबार ७ किलो सुर्ती सहित बरामद गरी ईलाका प्रहरी कार्यालय बर्दघाटको जिम्मा लगाईएको स्थानिय समाज सेवी युवा देवेन्द्र पोखरेल सुतिजले जानकारी दिनु भएको छ । आफु नेपाली नागरिक रहेको बताउने ती तेलिले लकडाउनको मौका छोपी भारत बाट ल्याएको सुर्ती र खुसार्नी नेपालतर्फ बिक्री वितरणका लागी ल्याएको तर आफुले कुनै दुईनम्वरी नगरेको भन्दै आफुलाई एक पटकलाई छोडीदिन आग्रह गरेको स्थानिय समाज सेवी युवा सुरज पाण्डेले जानकारी गराउनु भएको छ । अहिले बर्दघाट १२ भटौलियाका स्थानिय युवाहरु संगठीत भएर भौतीक दुरी कायम गर्दै निगरानी अभियान संचालन गरेपछि सो क्षेत्रमा लक डाउन सफल बन्दै गएको र पोके तस्करहरु सल्बलाउन कम भएको स्थानियवासीहरुले बताएका छन् ।