sunwal

कृषि पर्यटनलाई प्रवद्र्धन गर्न डाँडाझेरी महोत्सव, तयारी तीव्र ।

39

गैडाकोट, ८ मंसिर
स्थानीय कृषि उत्पादनको बजारीकरण र पर्यटकीय स्थानहरुको प्रचारप्रसारका लागि नवलपुरको डाँडाझेरी स्थित भाङवारीमा महोत्सव हुने भएको छ ।
यही मंसिर १२ देखि १६ गते सम्म हुने प्रथम डाँडाझेरी महोत्सवको तयारी तीव्र पारिएको आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरले स्टल निर्माण देखि महोत्सवका अन्य तयारीलाई तीव्र पारिएको जानकारी दिनुभयो । नाफा भन्दा कृषि उत्पादन र पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको र यसले नेपाल सरकारको कार्यक्रम भिजीट नेपाल ट्वान्टी ट्वान्टीलाई सहयोग पुर्याउने बताउनुभयो ।
महोत्सवमा वाल उद्यानका साथै डाँडाझेरीमा रहेको संस्कृति, परम्परा उजागार गर्नुका साथै कालीगण्डकी नदीमा र्याफ्टीङ, राजारानी ढुँगाको अवलोकन, जलदेवी मन्दीरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको सुपथ मुल्यमा खरिद विक्रि गर्न सकिने बताउनुभयो । महोत्सवको प्रतिनिधि सभाका सदस्य डा. शसाङ्क कोइरालाले उद्घाटन गर्नुहुने र ३० वटा स्टलमध्ये १० वटा कृषि उत्पादको प्रदर्शनका लागि मात्रै छुट्याइएको उहाँले बताउनुभयो । पाँच दिनसम्म संचालन हुने महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने र २० लाख खर्च हुने अध्यक्ष मगरले बताउनुभयो । प्रवेश शुल्क ५० रुपैया र विद्यार्थी ज्यष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि २५ रुपैया कायम गरिएको छ ।
स्टल वुकिङ्ग खुल्ला भइसकेको र महोत्सवको अवलोकन गर्न जाने दर्शकहरुलाई वस्न र खानाका लागि स्थानीय गाउँमै व्यवस्थापन मिलाइएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो । भाङवारी पुग्न गैडाकोटबाट कालिगण्डकी करिडोरको ४२ किलोमिटर र दलदलेबाट ४० किलोमिटरको सवारी यात्रापछि पुग्न सकिन्छ । त्यहाँ रहेका ऐतिहासिक स्थलहरुको प्रवद्र्धननै मुख्य उद्देश्य रहेको भाटको भनाई छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु राजु परियार, प्रिती आले, जानकी तारमी मगर, संम्झना लामिछाने, दिपक खड्का, यम आले लगायतको प्रस्तुती रहने र प्रचारप्रसार तिव्र पारिएको भाटले बताउनुभयो । डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष एवम महोत्सवका मुल समारोह समितिकाका संयोजक दुर्गा वहादुर मर्साङ्गी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रसार प्रसार समितिका संयोजक मन प्रसाद भाट,आर्थिक संयोजक ओमप्रकाश सिँजाली, उपाध्यक्ष उत्तम वकावल, सचिव चिरन गरङजा मगर, सल्लाहकार तुल वहादुर राना, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट, प्रेस चौतारीका जिल्ला अध्यक्ष हिमालदेव पंगेनी, प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा, डव्लुडव्लु जेका अध्यक्ष धनु भुषाल लगायतको उपस्थिती रहेको थियो ।