Holi asnjal makar GURU

आगलागीबाट सुस्तामा एक घर जलेर खरानी ।

21

श्याम थापा

सुस्ता,चैत–२७

नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको एक घरमा आगो लाएर घर पुर्ण रूपमा जलेर खरानी भएको छ । दिउँसो करिब ३ः३० बजे तिर एक्कासि रामबिलास रायको खरले छाएको घरमा आगो लाएर घर पुर्ण रूपमा जलेर खरानी भएको कुडिया प्रहरी चौकीले जनाएको छ । रायको घरमा आगाली हुदां खाद्यान्न,लत्ताकपडा,बिधुतिय सामग्री,आवश्यक कागजात र नगद रकम ३ हजार जलेर नस्ट भएको छ भने करिब २ लाख बराबरको क्षति भएको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ । रायको घरमा लाएको आगोलाई स्थानीय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा नियन्त्रणमा लिएको थियो । घरमा आगो लागेर खाने कुराहरु जलेर नस्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँ पालिकाबाट एक बोरा चामल, १० किलो दाल र १ थान त्रिपाल पीडित रायलाई तत्काल सहयोग गर्नु भएको थियो ।