Sarawal sit lahar Notis

मिलिजुली आमा समुहद्धारा सुनवलनगरको दैवि प्रकोप उद्धार विशेष कोषमा आर्थिक सहयोग ।

55

रमेश भुषाल
सुनवल,चैत्र–२७

नवलपरासीको सुनवल नगरपालिकाले स्थापना गरेको दैवि प्रकोप उद्धार विशेष कोषमा सुनवल वडा नम्वर ४ मा रहेको मिलिजुली आमा समुहले रु ११ हजार ५ सय ५५ रुपौया आर्थिक सहयोग गरेको छ । मिलिजुली आमा समुहकी उपाध्यक्ष लक्ष्मी भट्राई, कोषाध्यक्ष राजकुमारी कंडेल तथा सल्लहाकार चन्द्रकुमारी कंडेलको उपस्थतिमा अध्यक्ष ज्ञानु गौतमले सुनवल नगरपालिकाका नगर प्रमुख भिम वहादुर थापालाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो । महाविपत्तीको यस समयमा सवैको सहयोगको आवश्यकता रहेकोले मिलिजुली आमा समुहको तर्फवाट पनि दैनिक मजदुरी गरेर खानेहरुको लागी सहयोग स्वरुप आर्थिक सहयोग गरेको आमा समुहकी अध्यक्ष ज्ञानु गौतमले जानकारी दिनुभयो ।