sunwal

नवलपरासीमा ब्यक्तिगत रुपमा र संस्थागतरुपमा मास्क बितरण गरिदै ।

21

उमेश बि.क/नन्दु यादव
नवलपरासी,चैत–२०
नवलपरासीको प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकामा हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासीले मास्क बितरण गरिएको छ । विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि अहोरात्र जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क बितिरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल जिल्ला सचिव बिरेन्द्र कुवरले बताउनुभयो । कोरोना भाइरसको संक्रमणबाट बचाउन सहयोग होस भन्ने उदेश्यले सडक सुरक्षामा खटिनु भएका सशस्त्र प्रहरी बोडर आउट पोस्ट गुठिप्रसौनि, प्रहरीचौकी बसहिया,प्रहरीचौकी पचफेडा,प्रहरीचौकी भुजहवा ,सशस्त्र प्रहरी भुजहवा , हेल्प डेस्क समेतगरि ४०० मास्क बितरण गरिएको हो । दिनभर सडकमा खट्नु पर्ने सशस्त्र प्रहरी र प्रहरीलाई धुवा र धुलो मात्र होईन कोरोनाको त्रासमा बस्नु परेको अवस्था भएको र जनताको ज्युधनको सुरक्षाका लागि खटिने प्रहरीका लागि सहयोग होस भन्ने उदेश्यले बितरण गरिएको हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासी कोषाध्यक्ष चन्द्रभान कुश्वाहाले बताउनुभयो । मास्क बितरणमा हिन्दु स्वयंसेवक संघ नेपाल नवलपरासी जिल्ला सचिव बिरेन्द्र कुवर,कोषाध्यक्ष चन्द्रभान कुश्वाहा, लुम्बिनी बिभाग प्रचार प्रमुख देशबन्दु यादव, अयोध्या तिवारी ,हरीशंकर तिवारी , निवास यादव , सन्जित शर्मा लगाएको सहभागीता रहेको थियो।

यता
प्रतापपुर गाउपालिका वडा नं. ७ निवासि युवा नेता उमेशचन्द्र यादवले पनि प्रतापपुर गाउपालिका वडा न ३ गिदहा टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गर्नु भएको छ । गिदहा टोल भित्रका करिब १ सय ५० घर धुरिमा कोरोना भाईरस संक्रमणका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत आग्रह गर्नु भएको थियो। नेता यादवले टोल भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गरि खानेहरुका लागि आवश्यक परेको खन्डमा खाधान्न उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयोे।