Sarawal sit lahar Notis

बर्दघाट बजार विकास समितिद्धारा क्वारेन्टाईन ब्यवस्थापनका लागि ५० थान झुल प्रदान, घरबहालमा बस्नेलाई छुट दिने क्रम बढदो।

34

लक्ष्मी घिमिरे
बर्दघाट ,चैत्र–१५

बर्दघाट बजार विकास समितिले क्वारेन्टाईन ब्यवस्थापनका लागि ५० थान झुल प्रदान गरेको छ । बर्दघाट नगरपालिकाले  कारोना भाइरस संक्रमणको आँशका गरिएकाहरुका लागि निर्माण गरेको क्वारेन्टाईनका लागि ५० थान झुल स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलाई हस्तान्तरण गरेको समितिका कोषाध्यक्ष तारा प्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यस्तै यता


संकटका बेला घरबहालमा बस्नेलाई छुट दिने क्रम बढदो छ । कोरोना सक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा आर्थिक गतिबिधि ठप्प भएकै बेला घरबहालमा बस्नेहरुलाई घरधनीले मानवीय हिसावले छुट दिने घोषणा गर्ने क्रम बृद्धि भएको हो । सोही क्रममा बर्दघाट ४ दिब्यनगरस्थित गिता भट्टराईले आफ्ना घरमा बस्दै आएका ४ वटा परिवारलाई एक महिनाको छुट दिने घोषणा गर्नुभएको छ ।   सोहीघरमा बस्दैं आएकी शिक्षिका सरस्वती भट्टराईले संकटका बेला गरेको यो कदमले समाजलाई उदाहरण दिएको बताउनुभयो । त्यस्तै कोरोना भाईरसको संक्रमणको त्रासले आम नागरिकको दैनिकी अस्तब्यस्त बनेको भन्दै  बर्दघाट ४ का दयाराम लामिछानेले १ महिनाको घरभाडा नलिने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो घरमा रहेका नवदुर्गा चश्मा एवं मोबाईल पसल, रामसुरत भाँडा पसल र एभरग्रिन क्याफेलाई १ महिनाको भाडा नलिने बताउनुभयो ।  घरधनीले भाडा नलिने भएपछि ब्याबसायीले आफ्नो पिर मर्का बुझेको र अफ्ठेरो परिस्थितिमा आफुहरुलाई सहयोग गरेकोमा घरधनी लामिछाने परिवारप्रति आभार प्रकट गरेका छन् ।

            यसअघि बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धु्रव थारु, उद्योग बाणिज्य संघ नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरी, जिमिरेभार ब्यापार संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, जिमिरेभारका प्रकाश श्रेष्ठले घरघाडा लिएर ब्यापार ब्यबसाय गर्ने र भाडामा बस्नेहरुसंग घरभाडा नलिने घोषणा गर्नुभएको थियो ।
उता नवलपुरको पनि घरबहाल छुट गर्नेहरुको संख्या बृद्धि हुदै गएको छ कावासोती नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमु प्रसाद पाण्डेले पनि एक महिनाको घरघाडा नलिने घोषणा गर्नुभएको थियो ।