गौरीशंकर जयसवाल
परासी १० चैत्र
रामग्राम नगरपालिकाले कोरोना भाईरसका शंकास्मत ब्यक्तिहरुको उपचारका लागि तयार गरीएको आदर्श मावि परासीको क्वारेन्टाईन कक्षका लागि २५ सेट बेड र विस्तारा सहयोग गर्ने भएको छ । रामग्राम नगरपालिका अन्तर्गत रहेको नगर बिपत व्यवस्थापन समितिको बैठकले बुधबार ,शानिबार र मंगलबार लाग्ने पशु हाटबजार अर्को सुचना जारी नभएसम्म बन्द गर्ने र नगरमा हुने सबै कार्यक्रमहरुलाई बन्द गर्ने निणर्य गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनु भएको छ । त्यसैगरी क्वारेन्टाईन बनाउने १० वटा कक्षा कोठाको भित्ताहरुको रङ्गरोगन गराउने समेत निणर्य गरको नगर प्रमुख गुप्ताले जानकारी दिनु भएको छ । त्यसैगरी बैठकले स्वाथ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेबीकाहरुलाई परिचालन गरी कोरोना भाईरसको मुख्य लक्ष्ण र बाच्ने उपायहरुबारेमा नगरबासीहरुलाई सचेत गराउने र स्वास्थ्यकर्मी मार्फत कोरोना भाईरस देखिएको व्यक्तिहरुको निगरानी गर्ने निर्णय समेत भएको बताईएको छ । जिल्ला पृथ्बी चन्द्र आस्पतालको स्वास्थ्यकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्राी न्युन्तम ५ सेट र १० थान ज्वरो नाप्ने फरमल गंन उपलब्ध गराउने निर्णय गरेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद रेग्मीले बताउनु भएको छ । बैठकमा नगर उप प्रमुख रम्भाकुवंर,वडाअध्यक्ष कार्यपालिकाका सदस्य ,उद्योग बाणिज्य संघका प्रतिनिधी पत्रकार,सुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थिती रहेको नगरकार्यपालिकाका सदस्य रोशन कुमार शाहले जानकारी दिनु भएको छ ।