मुक्ती तिवारी
बर्दघाट,फागुन २३
नेपाल तरुणदल पश्चिम् नवलपरासीले पुर्णता पाएको छ।नेपाल तरुणदल जिल्ला कार्यसमितीको फाल्गुन २० गते बसेको बैठकले नया कार्य समिती बिस्तार गरेको हो। जसको सभापतिमा सुक बहादुर गुरुङ,उप.सभापतिमा गोपि पुन,कोषाध्यक्षमा अशोक कुमार चौधरी,सचिवमा यज्ञ प्रसाद पौडेल ,सहसचिवमा भरत पौडेल र सुरज भट्टराई रहेका छन। यसै गरि सदस्यहरुमा दिनेश न्यौपाने,करिमदिन शेख,श्याम अर्याल,सन्जित शर्मा,यमबहादुर खत्री,राजु देवन,सुरेन्द्र यादव,अनिता गौड,राजकुमार गुप्ता,संतोष गुरुङ,कमल थापा,सुशील भुर्तेल,नरबहादुर थापा,उषा बास्तोला,प्रज्ञा पाण्डे,कृष्ण शाही,मोहन बिक,दिपक थापा,बिष्णु पुरी,सुशील अर्याल,सर्वेस जैसवाल,नरेश भट्टराई,सन्दीप केसि,राजु जिसि,जीवन क्षेत्री,रन्जना चौधरि,राजु धोबी,मोहन राजभर,रवि केसि,जितेन्द्र यादव,गणेश बहादुर गाहा,ईन्दल चौधरि,मनोज सैथवार,बासुदेव चौधरी,संगीता थापा,संतोष पैडेल,बलिराम यादव,रामकृष्ण बस्याल,हेमलाल पान्डे,शिव कुमार रौनियार,दिपक थापा,शुनिल योगि,बिष्णु सुनेदी,नवराज चौधरी,नवराज अधिकारी,माधव ढकाल र अबदुल रजाक चयन भएका छन। पुरानै कार्यसमीमा सचीव र एकजना सहसचीव मात्रै थप गरिएको छ,भने थप सदस्यहरु गरि ५३ सदस्य सहितको कार्यसमिति बिस्तार गरिएको अध्यक्ष सुक बहादुर गुरुङ्ले जानकारी दिए। उर्जार्शिल तरुणहरुको नयाँ कार्यसमितिले संगठनलाई जुझारु र मजबुद बनाएर अघि बढ्ने अध्यक्ष गुरुङ्ले बताए।
उता नेपाली कान्ग्रेस नवलपरासीको जिल्ला सभापतिमा हिजो मात्र सुनवलका विषणु पौडेलले जिम्मेवारी पाउनु भएको छ । विद्यानत वर्तमान जिल्ला सभापतिको केहि मापदण्ड नपुगेको भन्दै विष्णु पौडेलललाई जिम्मेवारी प्रदान गरीएको पार्टीका केन्द्रीय सभापति शेरवाहादुर देउवाद्धारा हस्ताक्षरीत पत्रका उल्लेख गरीएको छ ।