बर्दघाट नगरपालिका वडा नं. १,३,५,६ र ७ लाई संयुक्त रुपमा पुर्णसंस्थागत सुत्केरी वडा घोषणा गरीयो । (पूर्ण विवरण सहित)
आगामी वर्ष देखि बर्दघाट नगरका प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरीने छ ः नगरप्रमुख धिरज शर्मा
कृष्ण ढकाल
बर्दघाट,फागुन–१४
आगामी वर्ष देखि बर्दघाट नगरका प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरीने नगर प्रमुख धिरज शर्मा वस्यालले बताउनु भएको छ । त्यसैगरी आगामि वर्ष देखिनै नगरमा स्वास्थ्य विमा कार्यक्रम समेत लागु गर्ने तयारी गरेको समेत बताउनु भयो । बुधवार बर्दघाट नगरपालिका वडा नं. १,३,५,६ र ७ लाई संयुक्त रुपमा पुर्णसंस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमलाई सम्वोधन गदंैं नगर प्रमुख वस्यालले उक्त कुरा बताउनु भएको हो । त्यसैगरी सोही कार्यक्रममा वोल्दै नगर उप प्रमुख माया देवि पौडेलले नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य चौकीहरुमा २४ प्रकारको र चिसापानी अस्पतालमा ७० प्रकारका औषधीहरु निःशुल्क वितरण गरीएको जानकारी गराउनु भएको थियो । त्यसैगरी सुत्केरी आमाहरुका लागि ५ हजार पोषण खर्च सहित नगर क्षेत्रभित्र एम्वुलेन्स सेवा समेत निःशुल्क गरेको बताउनु भएको थियो । वडा नं. ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा बर्दघाट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष मोतीलाल सुनार ३ का रुद्र न्यौपाने,६का रोहित थारु ,नगर स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली,लगाएतको उपस्थिती रहेको थियो । घोषणा कार्यक्रममा वडा न.. १ का वडाध्यक्ष मोतीलाल सुनार, ५ का वडासदस्य विष्णु पाण्डे,समाज सेवी मोहन गिरी,उत्तम ध्वज के.सी.क्या.मान बहादुर थापा,नारायण अधिकारी लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो भने सोही अवसरमा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान समेत गरीएको थियो । वडा नं. ७ का वडाध्यक्ष धुव्र थारुको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा वडाहरुको स्वास्थ्य अवस्थाकावोरमा हेल्थ असिस्टेन्ड रिकमान श्रेष्ठले प्रगतिप्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन माकर स्वास्थ्य चौकी ईन्चार्ज कृष्णहरि पौडेलले गर्नु भएको थियो ।
पुर्णसंस्थागत सुत्केरी वडा घोषणागरीएका वडाको पुर्ण विवरण यसप्रकार रहेको छ ।