sunwal

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावी प्रक्रिया शुरु ,अध्यक्षमा तीन जान भिड्दै ।

40

कृष्ण ढकाल
बर्दघाट,फागुन–३
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट नवलपरासीको यहि फागुन १० गते हुने आठौ अधिबेशनका लागि आज शनिवार उमेदवारी दर्ता भएको छ । राजनितिक दलहरुले आपसमा बसेर सर्व सहमतिवाट नेतृत्वचयन गर्ने  चुनावमा नजाने भनेपनि अन्तत् राजनितिक रुपमा नै प्यानल खडागरेर निर्वाचनमा सबै होमिएका छन् । चुनावी मैदानमा यतिवेला नेकपा र नेकाले नेतृत्वगरेका दुई प्यालन वाहेक पनि स्वतन्त्र रुपमा उमेदवारी दर्ता भएको छ ।
शनिवार भएको उमेदवारी दर्ता समय अवधिमा नेकपाको प्यानलवाट प्रदिप सुवेदी अध्यक्ष,दिपक लम्साल उपाध्यक्ष,सृजना आचार्य सचिव र सरस्वती पन्थ कंडेलले कोषाध्यक्षमा पदका लागि आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ भने सदस्यहरुमा चन्दन थारु,ईन्द्र बहादुर वि.क,बसन्ती थपा र शोभा सुवेदीले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी सोही प्यानलका तर्फवाट लेखा संयोजकमा विपिन आले र सदस्यमा कमला लम्साल,शिवहरि अधिकारीले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी अर्काे नेकाले नेतृत्व गरेको सानादलहरु सहितको प्यानलवाट घातानन्द वस्याल अध्यक्ष, रमेश कुमार श्रेष्ठ उपाध्यक्ष, धन बहादुर गुरुङ्ग सचिव र थुमा वस्यालले कोषाध्यक्ष पदका लागि आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरी सदस्य पदका लागि कालिदास पाण्डे(कष्ण) भुषहि प्रसाद चौधरी थारु(सागर) मंगलेसार्की(विष्णु गैरे) रेनुका खत्री र सिता गुरुङ्गले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ भने लेखा समितिको संयोजकमा गोपाल पाण्डे र सदस्यमा बसन्ती चौधरी,पूर्ण बहादुर सारुले आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ ।
समुहगत रुपमा दुई प्यानलमा आवद्धता रहेर उमेदवारी दिने वाहेक स्वतन्त्र रुपमा मोहन सापकोटाले अध्यक्ष पदका लागि आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ भने पुरुषोत्तम कंडेलले सचिव पदका लागि र शिवलाल पन्थले लेखा समिती संयोजक पदका लागि आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ  । त्यसैगरी खुल्ला सदस्य पदका लागि अनुज शाक्यले पनि आफ्नो उमेदवारी दर्ता गराएको निर्वाचन मंडलले गाउँले दर्पण अनलाईनलाई जानकारी दिएको छ ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाटको यहि फागुन १० गते हुने निर्वाचनमा ३ हजार २५ जनाले मात्र मतदान प्रक्रियामा भागलिन पाउने छन् । निर्वाचन मण्डलले मतदाताको नामावली प्रकाशन गरे अनुसार प्रकृया पुगेका ३ हजार २५ जना सदस्यहरुको मात्र मतदान प्रक्रियामा भागलिन पाउने भएका हुन । तर  संस्थामा अहिले ३ हजार ५ सय २१ मतदाता रहेका छन् ।