कृष्ण ढकाल
प्रतापपुर,बैशाख–१५
गरीवी निवारण,जातीय विभेद र दाईजो प्रथाको अन्त्य गर्ने अर्जुन दृष्टि लिएर नेकपा एमाले पार्टी अघि बढेको नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) प्रतापपुर गाउ“पालिका कमिटिद्धारा वडा नं. ३ को ठूलो खैरटहवा चोकमा आयोजित पालिका केन्द्रित जरा अभियान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधनगर्दै नेता अधिकारीले उक्त कुरा बताउनु भएको हो ।
प्रतापपुर पालिकाक्षेत्रमा अहिले शुद्धखानेपानीको अभावले जनताहरु बढी विरामी हुनेगरेकोले त्यसको समाधान गर्नु पर्ने मुख्य चुनौती रहेको उहाँको भनाई थियो । नेकपा एमालेको योजना विना देशको विकास सम्भव नरहेको बताउदै नेता अधिकारीले त्यसका लागि नवलपरासीबाट निर्वाचन जितेका धनाड्य विनोद चौधरीलाई हेरे पुग्ने बताउनु भएको थियो । जनताले आशा गरेर पठाएका जनप्रतिनिधिबाट विकासको आशा हराएपछि नेकपा एमाल पार्टीेले बिभिन्न खालका विकासका योजनाहरु अघि बढाएको जानकारी गराउनु भएको थियो ।
पार्टीले अघि बढाएका विकासका योजनाहरु मध्ये सुस्ताको अनुमाघाटलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने, प्रतापपुरको फट्कीटोला वलीनगर जोड्ने पुल निमार्ण गर्ने,सरावलको वडा नं. ५,६ र ७ लगाएत पाल्हिनन्दनको वडा नं. १ मा हुने डुवानको समस्या समाधानका लागि नदी सरसफाई गरी नदीको छेउबाट करिजोर निमार्ण गर्ने,सुस्ता,प्रतापपुर र सरावलका विपन्न वर्गका जनताहरुका लागि आवासको ब्यवस्था गर्ने र हरपुर–झोलनिपुर भन्सार नाका शुचारु गर्ने जस्ता विकासका योजना रहेका जानकारी गराउनु भएको थियो ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकार मार्फत लुम्बिनी–रामग्राम–मशेसपुर–भुजहवा–सूर्यपुरा,गुठीप्रसौनी–पक्लीहवा हुदै अनुमाघाट सम्म जोड्ने पर्यटकीय मार्ग निर्माण गरी स्थानिय विकास र समृद्धिका लागि पार्टी अघिबढेको कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
नेकपा एमाले प्रतापपुर गाउ“पालिका कमिटिका अध्यक्ष राजेश सिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश कमिटि सदस्य विरेन्द्र यादवले एमालेको बैशाखी टेकेर त्रिपाठी पटक पटक मन्त्री बनेको र छेपारे प्रवृतिका सांसद चौधरी निर्वाचन जितिसकेपछि अहिले सम्म हराएको बताउनु भएको थियो ।
त्यसैगरी पार्टीका प्रदेश कमिटि सदस्य तथा प्रतापपुर पालिका सह–ईन्चार्ज रामबहादुर भण्डारीले प्रतापपुर पालिकाक्षेत्रका जनताहरुलाई शुद्धखानेपानी खुवाउने कार्यमा पार्टी लागिपरेको बताउनु भएको थियो ।
प्रतापपुर गाउ“पालिका कमिटिका सचिव दानहादुर चौधरीको सञ्चालन रहेको कार्यक्रममा धिरज शर्मा,रामलखन हरिजन,सुखाडी चौधरी,वासमति हरिजन,रामकिसन यादव धिरज त्रिपाठी लगाएतका नेताहरुले आ आफ्ना भनाईहरु राख्नु भएके थियो भने अन्यपार्टी परित्याग गरी एमलेमा प्रवेश गरेका वारीस अन्सारी मिया लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्राहरुले जनताको सामाजिक,आर्थिक र राजनितिक अवस्था नसुधार्दा सम्म समाजवादको परिकल्पना गर्न नसकिनेमा जोड दिएका थिए ।