कृष्ण ढकाल
बर्दघाट,बैशाख–९
पश्चिम नवलपरासीको दिब्य ज्योती मा.बि.बर्दघाट–२ चिसापानीको विद्यालय व्यवस्थापन समितिले शिक्षकहरूआन्दोलनमा भैरहदा विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनावन्धु पाण्डेले विद्यालयको आन्तरिक स्रोतमा कार्यरत शिक्षक एवं कर्मचारीहरुलाई खटाएर विद्यालयमा भर्ना अभियान शुचारु गरेको बताउनु भएको छ ।
शिक्षकहरू आन्दोलनमा गैरहदा विद्यालयमा विद्यार्थीहरु भर्ना हुन नपाएर संस्थागत विद्यालयमा जानु पर्ने बाध्यात्मक स्थिती सृजना हुनलागे पछि बाध्य भएर यता व्यवस्थापन समितिले विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गरेको अध्यक्ष पाण्डेले बताउनु भएको छ ।
देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा गैरहदा शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण विद्यालयमा विद्यार्थी भर्ना अभियान रोकिएको थियो । आन्दोलनरत शिक्षकहरूले विद्यार्थी भर्ना अभियान रोक्न उर्दी नै जारी गरेर सबै शिक्षक कर्मचारीहरुलाई आन्दोलनमा सहभागि हुन उर्दी जारी गरीरहेका बेला बर्दघाट नगरको दाउन्नेदेवि माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बस्यालको टोलिले पनि विद्यार्थी भर्ना अभियानलाई अगाडि बढाएको छ ।
बर्दघाट नगरका सामुदायिक विद्यालयहरुले खुलेर विद्यालयमा भर्ना खुलेको भन्न नसकेपनि कतिपय प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको टिमले आ–आफ्नो शैलिमा आन्तरीक रुपमा बिद्यार्थी भर्ना अभियान सञ्चालन गररिहेका छन भने शिक्षकहरूको आन्दोलनलाई पनि जारी राख्ने काम गरेको पाईएको छ ।
बर्दघाट नगरका धेरैजसो सामुदायिक विद्यालयहरुले वैशाख ७ गतेदेखि कक्षा नर्सरीदेखि कक्षा ९ सम्म विद्यार्थी भर्ना कार्यक्रम सुचारु गरीरहेका छन भने कहि कतै शिक्षकहरूले भर्ना नगर्ने उर्दी गरेपनि अभिभावक तथा विद्यार्थीहरूलाई बिचलित नहुन आग्रह गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले शिक्षकहरू आन्दोलन गरिरहेपनि आफुहरूले आन्तरिक स्रोतमा कार्यरत शिक्षक एवं कर्मचारीहरुलाई खटाएर भर्ना अभियान अघि बढाईरहने बताएका छन ।