बर्दघाट,बैशाख–६
यहि बैशाख ११ गते काठमाडौमा हुने युवा सम्मेलनमा पश्चिम नवलपरासीबाट १०५० युवा काठमाडौ जाने भएका छन । धन प्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको राष्ट्रिय युवा संघ नेपाल नवलपरासी जिल्ला कमिटीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको अध्यक्ष भट्टराईले बताउनु भएको छ ।
काठमाडौमा हुने ११ गतेको युवा सम्मेलन भब्यताको साथ सम्पन्न गर्न राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासी जिल्लाले आवाहान गरेको बैठकमा केन्द्रिय,प्रदेश, जिल्ला र नगरका युवा संघका ब्यीक्तहरुको सहभागिता रेको थियो ।
