sunwal

ब्यहोरेमा गाईगोरु लोड गरेको दुईवटा ट्रक ब्यवारीसे अवस्थामा भेटिए

494

कृष्ण ढकाल
बर्दघाट,बैशाख–६
सुनवल नगरपालिका वडा नं. ११ ब्यहोरेमा गाईगोरु लोड गरेको दुईवटा ट्रक ब्यवारीसे अवस्थामा भेटिएको छ ।
सुनवलको सर्बाेत्तम सिमेन्ट कम्पनीले पूर्वी पाल्पाको चुनखानीबाट चुनढुङ्गा आएत गर्न निर्माण गरेको बाटोहुदै पूर्वी पाल्पा जार्दैगरेका उक्त दुई ट्रक बैशाख–५ गते बाटोमा रोकि राखेको अवस्थामा भेटिएपछि स्थानियले प्रहरीलाई खवर गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार बाटो सिधा उकालो रहेको र मिनिट्रकले लोड तान्न नसकि बिग्रेपछि गाडीमा रहेका गाई गोरुहरु सहित छोडेर भागेको हुन सक्ने देखिएको छ ।
२ वटा मिनि ट्रकमा २८ वटा गाई गोरुहरु रहेको र त्यसमा २ वटा मरेका पाईएको स्थानियले बताएका छन । तर प्रहरीले भने आफुले त्यसवारेमा जिल्लामा नै रिपोटीङ्ग गरीरहेकाले जिल्लाबाट नै सुचना लिन आग्रह गरेको छ ।
अप्ठेरो बाटोमा अलपत्र अवस्थामा रहेका ट्रकको चाँपी पनि नरहेको र गाडीका ब्यीक्तहरु नभेटीएका कारणले गाडी तानेर ल्याउने क्रेनहरुको खोजी भैरहेको प्रहरीको भनाई छ ।
यस अघि बर्दघाट–१० अमरदिप टोल हुदै आम्वास तर्फ लैजाँदै गरेका गाई गोरुहरु २ पटक सम्म स्थानियले गाडी सहित नियन्त्रणमा लिएका थिए । यसरी पछिल्लो पटक राजमार्गको उत्तर साईटको बाटो हुदै गाई गोरुहरुको तस्करी हुने क्रम बढदै गएको छ ।