बरुवा,बैशाख–४
पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिका १ बरुवा बजारबाट बुटवल सम्मकालागि विङ्गर सञ्चालन भएको छ ।
यात्रुको सहतालाई ध्यानमा राख्दै बुटवल यातायात प्रालिले विङ्गर र हायिस सहितका गाडी सञ्चालनमा ल्याएको हो ।
बरुवा बजार बाट बिहान ७ र ९ बजे बर्दघाट -१५को पाेटाहा काङ्ग्रेस चाेक हुदै बर्दघाट -१४ गंगा बस्ती चाेक बाट बिजयनगर धर्मवस्ती कुञ्जनपर हुदै शुक्रवस्ती जिमिरेभार चाेक भएर बुटवल सम्म बस संचालन हुने भएको बताईएको छ ।बरुवा देखि बुटवल सम्मको भाडा दर रु २ सय रुपैयाँ रहेको बुटवल यातायात प्रालिका प्रतिनिधि सुमन गुरुङले जानकारी दिनुभयो।
एक कार्यक्रमका बिछ बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहले सेवाको शुभारम्भ गर्नु भएको हो ।कार्यक्रममा बोल्दै गाहाले भित्री सडकहरुमा यातायात पुग्दा यात्रु लाई सहज हुनुका साथै भाडाका हिसाबले पनि सस्तो पर्ने बताउनु भयो ।यातायात दैनिक रुपमा दुई रुट सञ्चालन हुने बताईएको छ ।अटोले बजार लिएपछी बन्द जस्तै बनेको यो रुटको बस सेवा पुन सुचारु भएको हो ।
कार्यक्रम काे ब्यवस्थापन र सहजीकरण धर्मवस्ती टाेल बिकास संस्था का अध्यक्ष मन बहादुर ढकालले गर्नु भएको थियो ।